बैशाख १९, सोलुखुम्बु । नेवाः देय् दवू जिल्ला कार्य समिति खोटाङद्वारा २०८२ सालको भित्ते पात्रो विमोचन तथा जनप्रतिनिधिलाई सम्मान कार्यक्रम सम्पन्न भएको छ । “नेवाः देय् दवू राष्ट्रकै सानः भाषा, कला–संस्कृति हाम्रो पहिचान“ भन्ने मूल नाराका साथ बिहिबार जिल्ला समन्वय समिति खोटाङको सभाहलमा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको अध्यक्षता नेवाः देय् दवू जिल्ला कार्य समिति खोटाङका अध्यक्ष गोपाल श्रेष्ठले गर्नु भएको थियो भने प्रमुख आतिथ्यका रूपमा संघीय सांसद सरस्वती बजिमय उपस्थित हुनुहुन्थ्यो ।
कार्यक्रममा २०८२ सालको भित्ते पात्रो विमोचनसँगै, २०७९ सालमा निर्वाचित भएका विभिन्न गाउँपालिका अध्यक्ष, उपमेयर, गाउँपालिका उपाध्यक्ष र वडाध्यक्ष तथा सदस्यहरुलाई सम्मान पत्रले सम्मानित गरिएको थियो । नेवाः देय् दवू जिल्ला कार्य समिति खोटाङका सचिव यज्ञनारायण श्रेष्ठले जानकारी दिनुभयो कि उक्त भित्ते पात्रो अब जिल्ला भरिका नेवार घरधुरीमा वितरण गरिने छ ।
कार्यक्रममा रावा बेसी गाउँपालिका अध्यक्ष फटिक कुमार श्रेष्ठ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका उप–प्रमुख विसन राई, रावा बेसी गाउँपालिका उपाध्यक्ष कौशिला कुमारी गुरुङ, जिल्ला भित्रका निर्वाचित वडा अध्यक्ष, वडा सदस्यहरु, नेवाः देय् दवूका प्रदेश समिति सचिव र सदस्यहरु, नेवाः देय् दवू जिल्ला कार्य समिति खोटाङका पूर्व अध्यक्ष, नगर र गाउँपालिका समिति अध्यक्षहरु, नेवार गुठीका अध्यक्षहरु लगायतका विभिन्न पदाधिकारीहरुको उपस्थिति थियो । यस कार्यक्रमले नेवार समुदायको सांस्कृतिक पहिचान र जनप्रतिनिधिहरुको सम्मानमा महत्वपूर्ण भूमिका निभाएको छ ।
Discussion about this post