बैशाख १९, सोलुखुम्बु । सोलुखुम्बु जिल्ला अन्तर्गत खुम्बु पासाङल्हामु गाउँपालिकामा पर्ने खरिखोला आधारभूत अस्पतालमा निः शुल्क दन्त शिविर संचालन हुने भएको छ । सोलुखुम्बु डेण्टल तथा खुम्बु पासाङल्हामु गाउँपालिकाको आयोजनामा, वडा नं. १ को समन्वयमा सञ्चालन हुने यस शिविरमा दक्ष तथा अनुभवी दन्त विशेषज्ञ र दन्त स्वास्थ्यकर्मीहरूबाट सेवा प्रदान गरिनेछ ।
शिविरमा दाँत निकाल्ने, दाँत भर्ने र दाँत सफा गर्ने सेवाहरू उपलब्ध हुने आयोजकहरूले जानकारी दिएका छन् । स्थानीय बासिन्दाहरूलाई लक्षित गर्दै आयोजना गरिने यो शिविर आउँदो जेष्ठ ३ र ४ गते संचालन गरिनेछ । स्थानीय जनताले सहज रूपमा दन्त स्वास्थ्य सेवा प्राप्त गर्न सकून् भन्ने उद्देश्यले शिविर आयोजना गरिएको जनाइएको छ ।
Discussion about this post