Thursday, August 13, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

माप्यमा “एकीकृत प्रारम्भिक बाल विकास योजना तर्जुमा कार्यशाला” सम्पन्न, बाल विकासका लागि स्थानीय तहको समन्वयात्मक प्रतिबद्धता

Radio Everest by Radio Everest
June 27, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असार १३, सोलुखुम्बु । सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकामा “एकीकृत प्रारम्भिक बाल विकास योजना तर्जुमा कार्यशाला” सफलतापूर्वक सम्पन्न भएको छ । गाउँपालिकाको आयोजनामा, चाइल्ड नेटवर्क फाउन्डेशन र सेतो गुराँस राष्ट्रिय बाल विकास सेवाको सहकार्य तथा सहजीकरणमा भएको कार्यशाला शुक्रबार समापन भएको हो । “प्रारम्भिक बाल विकासको लगानी, दिगो राष्ट्रिय विकासको थालनी” तथा “गर्दै गरौं लगानी बाटो, कुलो, पुल, भवन र मन्दिरमा; थप गरौं लगानी प्रारम्भिक बाल विकासमा” भन्ने नारासहित कार्यशाला सञ्चालन गरिएको थियो । कार्यशालाको मुख्य उद्देश्य एकीकृत प्रारम्भिक बाल विकास (एलआईईसिडिपी) को अवधारणा बारे सरोकारवालाहरूलाई जानकारी गराउने, बाल्यकालको समग्र विकास सुनिश्चित गर्न योजना निर्माणमा स्थानीय तहको भूमिका स्पष्ट पार्ने, र बाल विकास क्षेत्रमा लगानी अभिवृद्धि गर्न प्रेरित गर्नु रहेको थियो ।

बाल विकास संयोजक रुमिला अधिकारीका अनुसार, कार्यशालाबाट शिक्षा, स्वास्थ्य, पोषण, सरसफाइ, कृषि तथा पशुपालन क्षेत्रलाई एकीकृत गर्दै ११ सदस्यीय विषयगत समिति गठन गरिएको छ । यस समितिले स्पष्ट अवधारणासहित आगामी नीति निर्माणमा योगदान पुर्याउनेछ । कार्यशालामा सेतो गुराँस राष्ट्रिय बाल विकास सेवाका जिल्ला कार्यक्रम अधिकृत झपट बहादुर बोहराले सहजीकरण गरेका थिए । कार्यशालाले आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि करीब ७७ लाख रुपैयाँ बराबरको प्रारम्भिक बाल विकास योजनाको माग गर्न स्थानीय सरकार र सहकार्य संस्थालाई प्रतिबद्ध गराएको छ । कार्यक्रममा सहभागी ४० जना सरोकारवालाहरूले “गर्भावस्थादेखि ८ वर्षसम्मका बालबालिकाको सर्वोत्तम हित र सर्वाङ्गिण विकास सुनिश्चित गर्न” सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्दै हस्ताक्षर गरेका थिए । कार्यशालाको समापन गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईको अध्यक्षतामा सम्पन्न भएको छ ।

अध्यक्ष राईले सेतो गुराँसको समन्वयमा पालिकामा शिक्षाको क्षेत्रमा देखिएको सकारात्मक परिवर्तनप्रति सन्तोष व्यक्त गर्दै, यस्ता कार्यक्रमहरूलाई अझ प्रभावकारी ढंगले कार्यान्वयन गर्न सुझाव दिएका थिए । कार्यशाला पछि पालिका अध्यक्ष र उपाध्यक्षको रोहवरमा समन्वय बैठक बसेर परियोजनाको प्रगति समिक्षा गरिएको र आगामी महिनाको योजना बनाई विद्यालयहरूको भौतिक पूर्वाधार र सिकाइ सुधारमा केन्द्रित हुँदै माचिङ बजेटमार्फत परियोजना कार्यान्वयन गर्ने प्रतिबद्धता पनि स्थानीय तहले जाहेर गरेको छ ।

उक्त कार्यक्रममा उपाध्यक्ष, पाँचै वडाका वडा अध्यक्षहरू, वडा सचिवहरू, प्रशासकीय अधिकृत गजेन्द्र भट्टराई, शिक्षा अधिकृत, पशु तथा कृषि शाखा प्रमुख, रिड नेपालका प्रतिनिधि, स्थानीय विद्यालयका प्रधानाध्यापक, बाल क्लब प्रतिनिधि, बाल विकास संयोजक, मेन्टर लगायतको उल्लेखनीय उपस्थिति थियो । यस कार्यशालालाई प्रारम्भिक बाल विकासका विषयलाई स्थानीय तहको नीति निर्माणमा स्थायी रूपमा समावेश गर्न गरिएको महत्त्वपूर्ण कदमका रूपमा लिइएको छ ।

Previous Post

यस्तो छ आजको दिनभरिको मौसम ?

Next Post

कोशी प्रदेश सभाबाट आगामी आर्थिक वर्षको बजेट पारित

Related Posts

पूर्व विद्यार्थी डा. बास्तोलालाई विद्यावारिधि उपाधि हासिल गरेकोमा केदार माविको सम्मान

पूर्व विद्यार्थी डा. बास्तोलालाई विद्यावारिधि उपाधि हासिल गरेकोमा केदार माविको सम्मान

August 13, 2026
0
सोलुखुम्बुबाट संघ सरकारलाई २५ करोडभन्दा बढी राजस्व

सोलुखुम्बुबाट संघ सरकारलाई २५ करोडभन्दा बढी राजस्व

August 13, 2026
0
सोलुखुम्बुमा मतदाता नामावली अद्यावधिक अभियानको तयारी

सोलुखुम्बुमा मतदाता नामावली अद्यावधिक अभियानको तयारी

August 13, 2026
0
सोलुमा विद्युत् तथा सिँचाइ आयोजना अगाडि बढाउन सांसद कार्कीद्वारा ऊर्जामन्त्रीको ध्यानाकर्षण

सोलुमा विद्युत् तथा सिँचाइ आयोजना अगाडि बढाउन सांसद कार्कीद्वारा ऊर्जामन्त्रीको ध्यानाकर्षण

August 13, 2026
0
Next Post
कोशीमा ३७ अर्बको बजेट ल्याइँदै

कोशी प्रदेश सभाबाट आगामी आर्थिक वर्षको बजेट पारित

Discussion about this post

Everest Highlights

पूर्व विद्यार्थी डा. बास्तोलालाई विद्यावारिधि उपाधि हासिल गरेकोमा केदार माविको सम्मान

पूर्व विद्यार्थी डा. बास्तोलालाई विद्यावारिधि उपाधि हासिल गरेकोमा केदार माविको सम्मान

August 13, 2026
सोलुखुम्बुबाट संघ सरकारलाई २५ करोडभन्दा बढी राजस्व

सोलुखुम्बुबाट संघ सरकारलाई २५ करोडभन्दा बढी राजस्व

August 13, 2026
सोलुखुम्बुमा मतदाता नामावली अद्यावधिक अभियानको तयारी

सोलुखुम्बुमा मतदाता नामावली अद्यावधिक अभियानको तयारी

August 13, 2026
सोलुमा विद्युत् तथा सिँचाइ आयोजना अगाडि बढाउन सांसद कार्कीद्वारा ऊर्जामन्त्रीको ध्यानाकर्षण

सोलुमा विद्युत् तथा सिँचाइ आयोजना अगाडि बढाउन सांसद कार्कीद्वारा ऊर्जामन्त्रीको ध्यानाकर्षण

August 13, 2026
सर्वोच्चको कानुनी प्रक्रियाले कांग्रेस महाधिवेशन रोकिँदैन : केन्द्रीय सदस्य आङ्गेलु शेर्पा

सर्वोच्चको कानुनी प्रक्रियाले कांग्रेस महाधिवेशन रोकिँदैन : केन्द्रीय सदस्य आङ्गेलु शेर्पा

August 12, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
पूर्व विद्यार्थी डा. बास्तोलालाई विद्यावारिधि उपाधि हासिल गरेकोमा केदार माविको सम्मान

पूर्व विद्यार्थी डा. बास्तोलालाई विद्यावारिधि उपाधि हासिल गरेकोमा केदार माविको सम्मान

August 13, 2026
सोलुखुम्बुबाट संघ सरकारलाई २५ करोडभन्दा बढी राजस्व

सोलुखुम्बुबाट संघ सरकारलाई २५ करोडभन्दा बढी राजस्व

August 13, 2026
सोलुखुम्बुमा मतदाता नामावली अद्यावधिक अभियानको तयारी

सोलुखुम्बुमा मतदाता नामावली अद्यावधिक अभियानको तयारी

August 13, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly