कार्तिक ४, सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा सेना, प्रहरी र सशस्त्र प्रहरीले संयुक्त सुरक्षा गस्ती सुरु गरेका छन् । चाडपर्वका बेला हुनसक्ने सम्भावित दुर्घटना र आपराधिक गतिविधिलाई कम गर्न सुरक्षा योजना अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायव उपरीक्षक मनोजित कुँवरले बताउनुभयो।
शान्ति–सुरक्षालाई सुदृढ बनाउन विशेष सुरक्षा योजना लागू गरिएको उहाँको भनाइ छ । चोरी, ठगी, जुवा, मदिराजन्य दुव्र्यवहार तथा अन्य आपराधिक गतिविधि रोकथामका लागि सुरक्षा निकायलाई उच्च सतर्क राख्न यस्तो व्यवस्था गरिएको हो । योजना अनुसार नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, सम्मिलित संयुक्त गस्ती टोलीले जिल्ला सदरमुकामसहितका बजार र ग्रामीण बस्तीमा गस्ती गरिरहेका छन् ।
Discussion about this post