कार्तिक ३, सोलुखुम्बु । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले एक महिनाको अवधिमा पाँच जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । प्रहरीले असोज महिनामा विभिन्न मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक एवं सूचना अधिकारी मौसम तामाङका अनुसार चालु मुद्दामा सात जना प्रतिवादी रहेकामा पाँच जनालाई पक्राउ गरिएको छ ।
अझै दुई जना प्रतिवादी फरार रहेका छन् । पक्राउ परेका पाँच जना प्रतिवादीलाई अदालतबाट तोकिएको कुल २२ वर्ष ११ महिना चार दिन कैद सजाय र ६८ लाख ८० हजार २९५ रुपैयाँ जरिवाना भुक्तान गर्न बाँकी रहेको प्रहरीले जनाएको छ । फरार प्रतिवादी पक्राउ अभियानलाई निरन्तरता दिँदै बाँकी प्रतिवादीको खोजी कार्यसमेत भइरहेको प्रहरीले जनाएको छ ।










Discussion about this post