कार्तिक २, सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–३ राङदिङदेखि रिमिजुङ ९ठूलो गुमेला० जाने पदमार्ग निर्माण सुरु भएको छ । पदमार्ग निर्माणका लागि गाउँपालिकाले आर्थिक वर्ष २०८३/८४ मा ३० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।
गाउँपालिकाका अनुसार स्थानीय उपभोक्ता समितिमार्फत पदमार्ग निर्माणको काम भइरहेको छ । पदमार्ग निर्माण सम्पन्न भएपछि राङदिङदेखि रिमिजुङ ९ठूलो गुमेला० सम्म आवतजावत गर्न सहज हुने अपेक्षा गरिएको छ ।










Discussion about this post