Monday, October 19, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

खोटाङमा दसैँ–तिहार, चेलीलाई उपहार’ अभियानले यस वर्ष पनि निरन्तरता पाउने

Radio Everest by Radio Everest
October 19, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

कार्तिक २, सोलुखुम्बु । खोटाङमा क्रियाशील युवाको एक समूहले दसैँ–तिहारका अवसरमा आर्थिक अवस्था कमजोर भएका तथा यातायात सेवाको पहुँचबाट टाढा रहेका चेलीलाई लक्षित गरी ‘दसैँ–तिहार, चेलीलाई उपहार अभियान–२०८३’ सञ्चालन गर्ने भएको छ । चाडपर्वका समयमा चेलीलाई माइतीघर आउन तथा चाडपर्व मनाएर पुनः कर्मघर फर्कन सहज होस् भन्ने उद्देश्यले अभियान सञ्चालन गर्न लागिएको हो । समूहले विगत तीन वर्षदेखि यस्तो अभियान सञ्चालन गर्दै आएको छ ।

अभियानका संयोजक सञ्जयकुमार राईका अनुसार दसैँका अवसरमा कात्तिक ३ देखि ६ गतेसम्म र तिहारका अवसरमा कात्तिक २४ देखि २६ गतेसम्म निःशुल्क यातायात सेवा उपलब्ध गराउने तयारी गरिएको छ । अभियानमा महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई विशेष प्राथमिकता दिइनेछ । आवश्यकताअनुसार पुरुषलाई पनि सेवा प्रदान गरिने संयोजक राईले जानकारी दिनुभयो । अभियानमा सहभागी हुन हालसम्म ३५ जना युवाले नाम दर्ता गराएका छन् । स्वयम्सेवामा सहभागी हुन इच्छुक युवाको सङ्ख्या थपिने क्रम जारी रहेको उहाँले बताउनुभयो ।

मध्यपहाडी लोकमार्ग, सगरमाथा राष्ट्रिय राजमार्गका विभिन्न सडकखण्ड तथा जिल्लाका ग्रामीण सडकमा ३५ किलोमिटर दूरीसम्म निःशुल्क यातायात सेवा उपलब्ध गराउने योजना रहेको छ । अभियानबाट सेवा लिन चाहने व्यक्तिले पनि आफ्नो विवरण टिपाउन थालेका छन् । सुरुमा विवरण दर्ता गराउनेलाई प्राथमिकताका आधारमा सेवा उपलब्ध गराइने जनाइएको छ । निःशुल्क यातायात सेवा लिन चाहने यात्रुले बढीमा पाँच किलोग्राम तौलसम्मका झोला मात्र साथमा राख्न पाउनेछन् ।

जिल्लाका अधिकांश सडक कच्ची अवस्थामा रहेकाले सम्भावित दुर्घटनाको जोखिम न्यूनीकरण गर्न यात्रुले बोक्न पाउने सामानको तौल निर्धारण गरिएको संयोजक राईले बताउनुभयो । समूहले यसअघि २०८१ सालमा ३४५ जना र २०८२ सालमा ७०० जनालाई निःशुल्क यातायात सेवा प्रदान गरेको थियो । शुभेच्छुकको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालन हुँदै आएको अभियानका लागि एकपटकमा करिब चार लाख रुपैयाँ खर्च हुने गरेको जनाइएको छ ।

Previous Post

सुनकोशीमा जिप खस्दा मृत्यु र बेपत्ता भएका सबैको पहिचान खुल्यो

Next Post

राङदिङदेखि रिमिजुङ जाने पदमार्ग निर्माण सुरु

Related Posts

लुक्लामा पहिलोपटक पुग्यो गाडी

लुक्लामा पहिलोपटक पुग्यो गाडी

October 19, 2026
0
राङदिङदेखि रिमिजुङ जाने पदमार्ग निर्माण सुरु

राङदिङदेखि रिमिजुङ जाने पदमार्ग निर्माण सुरु

October 19, 2026
0
सिन्धुली सुमो दुर्घटनामा मृत्यु भएका तीनै जनाको पहिचान खुल्यो

October 18, 2026
0
Next Post
राङदिङदेखि रिमिजुङ जाने पदमार्ग निर्माण सुरु

राङदिङदेखि रिमिजुङ जाने पदमार्ग निर्माण सुरु

Discussion about this post

Everest Highlights

लुक्लामा पहिलोपटक पुग्यो गाडी

लुक्लामा पहिलोपटक पुग्यो गाडी

October 19, 2026
राङदिङदेखि रिमिजुङ जाने पदमार्ग निर्माण सुरु

राङदिङदेखि रिमिजुङ जाने पदमार्ग निर्माण सुरु

October 19, 2026
खोटाङमा दसैँ–तिहार, चेलीलाई उपहार’ अभियानले यस वर्ष पनि निरन्तरता पाउने

खोटाङमा दसैँ–तिहार, चेलीलाई उपहार’ अभियानले यस वर्ष पनि निरन्तरता पाउने

October 19, 2026
सिन्धुली सुमो दुर्घटनामा मृत्यु भएका तीनै जनाको पहिचान खुल्यो

सुनकोशीमा जिप खस्दा मृत्यु र बेपत्ता भएका सबैको पहिचान खुल्यो

October 19, 2026
सिन्धुली सुमो दुर्घटनामा मृत्यु भएका तीनै जनाको पहिचान खुल्यो

सिन्धुली सुमो दुर्घटनामा मृत्यु भएका तीनै जनाको पहिचान खुल्यो

October 18, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
लुक्लामा पहिलोपटक पुग्यो गाडी

लुक्लामा पहिलोपटक पुग्यो गाडी

October 19, 2026
राङदिङदेखि रिमिजुङ जाने पदमार्ग निर्माण सुरु

राङदिङदेखि रिमिजुङ जाने पदमार्ग निर्माण सुरु

October 19, 2026
खोटाङमा दसैँ–तिहार, चेलीलाई उपहार’ अभियानले यस वर्ष पनि निरन्तरता पाउने

खोटाङमा दसैँ–तिहार, चेलीलाई उपहार’ अभियानले यस वर्ष पनि निरन्तरता पाउने

October 19, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly