कार्तिक ३, सोलुखुम्बु । दशैँ मनाउन स्थानीयवासी आफ्नो घर फर्किन थालेपछि हिमाली जिल्ला सोलुखुम्बुको सदरमुकाम सल्लेरी बजारको चहलपहल घटेको छ। सामान्य दिनमा व्यस्त रहने बजारका सडकमा दशैँको अघिल्लो दिनदेखि मानिसको आवतजावत पातलिएको हो। सरकारले शनिबारदेखि सरकारी कार्यालय, विद्यालय तथा कलेजमा बिदा दिएपछि कर्मचारी, शिक्षक र विद्यार्थी दशैँ मनाउन आ–आफ्नो घर फर्किएका छन्।
बजारका अधिकांश होटल तथा पसल बन्द छन् भने सडकमा मानिसको उपस्थिति पनि न्यून देखिन थालेको छ। अन्य समयमा किनमेल गर्ने तथा विभिन्न कामका लागि बजार आउने सर्वसाधारणको चहलपहल रहने सल्लेरीमा अहिले भने सुनसान अवस्था देखिएको छ। चाडपर्वका बेला बजारमा बसोबास गर्ने तथा विभिन्न पेसा व्यवसायमा संलग्न व्यक्ति आफ्नो घर फर्किने क्रम बढ्दा सल्लेरीको व्यस्तता घटेको हो। दशैँको आगमनसँगै सदरमुकामको बजार क्षेत्र सुनसान बन्दै गएको छ।










Discussion about this post