कार्तिक ४ सोलुखुम्बु । सिन्धुलीको कमलामाई नगरपालिका–६ मा घरेलु विवादका क्रममा श्रीमतीको ढुंगाको प्रहारबाट एक पुरुषको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार, ५५ वर्षीय बुद्धसिं वाइबालाई कात्तिक १ गते उनकी ४८ वर्षीया श्रीमती राधिका वाइबाले ढुंगाले टाउकोमा प्रहार गरेकी थिइन्।
टाउकोमा गम्भीर चोट लागेका बुद्धसिंलाई उपचारका लागि सुरुमा सिन्धुली अस्पताल लगिएको थियो, त्यसपछि थप उपचारका लागि काठमाडौंको बाँसबारी स्थित न्युरो अस्पतालमा लगिएको थियो। चिकित्सकले थप उपचार सम्भव नभएको भन्दै उनलाई घर फर्काइएको थियो।
त्यसपछि उनलाई सिराहाको कर्जन्हा नगरपालिका–५ स्थित ससुरालीमा राखिएको थियो। उपचारको क्रममा अवस्था बिग्रिँदै जाँदा आज उनको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एसपी लालध्वज सुवेदीले जानकारी दिएका छन्। मृत्युपछि राधिका वाइबालाई प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरेको छ।
Discussion about this post