Saturday, September 12, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

१५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि सुरु हुने

Radio Everest by Radio Everest
January 27, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

माघ १३, सोलुखुम्बु । शेर्पा समुदायको सबैभन्दा ठूलो तथा प्रतिष्ठित फुटबल प्रतियोगिता खुम्बु ल्होसार कप–२०२६ यही माघ २४ गतेदेखि सुरु हुने भएको छ। यो प्रतियोगिता खुम्बु ल्होसार कपको १५औँ संस्करण हो। शेर्पा समुदायको प्रमुख पर्व ल्होसार (नयाँ वर्ष) को अवसर पारेर विगत १८ वर्षदेखि निरन्तर आयोजना हुँदै आएको यस प्रतियोगिताको १५औँ संस्करण महेन्द्र ज्योति एक्स–स्टुडेन्ट फोरम ले आयोजना गर्न लागेको हो।

मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिँदै महेन्द्र ज्योति एक्स–स्टुडेन्ट फोरमका अध्यक्ष फर गरजे शेर्पा ले सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाका विभिन्न गाउँमा जन्मिएर हाल काठमाडौंमा बसोबास गरिरहेका शेर्पा युवाहरूले जाडोयामको फुर्सदिलो समय सदुपयोग गर्ने उद्देश्यले सन् २००९ मा ल्होसारको अवसरमा फुटबल प्रतियोगिता सुरु गरेको बताउनुभयो। उहाँका अनुसार प्रतियोगिताको मुख्य उद्देश्य शेर्पा युवाहरूमा खेलकुदप्रतिको रुचि बढाउनु, उनीहरूको प्रतिभा उजागर गर्नु र समुदायबीच एकता मजबुत बनाउनु हो।

साथै, प्रतियोगिताले प्रतिस्पर्धात्मक खेल वातावरण सिर्जना गर्दै फुटबल अभ्यासलाई प्रोत्साहन गर्ने लक्ष्य राखेको छ। यसअघि विभिन्न कारणले स्थगित हुँदै आएको खुम्बु ल्होसार कपको १५औँ संस्करण यसपटक माघ २४ गतेदेखि फागुन ३ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगिताका सबै खेलहरू सातदोबाटोस्थित एन्फा फुटबल मैदान मा हुनेछन्। हाल सहभागी टिमहरूले प्रशिक्षण सुरु गरिसकेको आयोजकले जनाएको छ। यस प्रतियोगितामा ८ वटा टिम सहभागी हुनेछन्।

अध्यक्ष शेर्पाका अनुसार वार्षिक रूपमा आयोजना हुँदै आएको खुम्बु ल्होसार कपले खुम्बु पासाङल्हामु गाउँपालिका भित्रका समुदायलाई फुटबलमार्फत एकताबद्ध गर्ने महत्वपूर्ण भूमिका खेल्दै आएको छ। ल्होसार पर्व र फुटबल उत्सव एकसाथ मनाइने यो प्रतियोगिता युवाहरू मात्र होइन, सम्पूर्ण समुदायका लागि साझा सांस्कृतिक तथा खेलकुद उत्सवका रूपमा स्थापित भइसकेको उहाँले बताउनुभयो।यसअघि सन् २००९ देखि सानो गाउँचन मैदानमा आयोजना हुँदै आएको प्रतियोगिता विभिन्न कारणले गर्दा सन् २०२५ मा आयोजना हुन सकेको थिएन। त्यसपछि आयोजकले यस वर्ष एन्फा मैदानमा प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको हो।

खेलकुदमार्फत पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित खुम्बु क्षेत्रले खुम्बु ल्होसार कपलाई महत्वपूर्ण अभियानका रूपमा अघि बढाउँदै आएको अध्यक्ष शेर्पाले उल्लेख गर्नुभयो। आगामी दिनमा प्रतियोगितालाई अझ व्यवस्थित र स्तरयुक्त बनाउँदै लैजाने योजना पनि रहेको छ। खुम्बु ल्होसार कप–२०२६ को शीर्ष प्रायोजकका रूपमा १४ पिक्स एक्सपेडिसन रहेको छ भने सह–प्रायोजकमा हेली एभरेष्ट प्रा.लि. र खुम्बु पासाङल्हामु गाउँपालिका रहेका छन्। यसका साथै अन्य विभिन्न प्रायोजकहरूको समेत सहयोग रहेको आयोजकले जनाएको छ।

Previous Post

चौदण्डीगढी नगरपालिकाद्वारा खेलाडी तथा प्रशिक्षक सम्मान

Next Post

भारतको महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटना, अवस्था गम्भीर

Related Posts

रसुवा बाढीको प्रभावः सोलुखुम्बुमा ग्यास अभाव र महँगीको चिन्ता

रसुवा बाढीको प्रभावः सोलुखुम्बुमा ग्यास अभाव र महँगीको चिन्ता

September 11, 2026
0
ऐसेलुखर्क गाउँपालिकाले काठमाडौँ र इटहरीमा सामाजिक सुरक्षा भत्ता शिविर सञ्चालन गर्ने

ऐसेलुखर्क गाउँपालिकाले तीज विशेष कार्यक्रम स्थगित गर्यो

September 11, 2026
0
बाढीपीडितका लागि मोन्भिसो नेपाल फाउन्डेसनको २० लाख सहयोग

बाढीपीडितका लागि मोन्भिसो नेपाल फाउन्डेसनको २० लाख सहयोग

September 11, 2026
0
हुङ्गा खोलामा बनेको ड्यामबाट पानी बग्न थालेपछि जोखिम घट्यो

Discussion about this post

Everest Highlights

बाढीपीडितका लागि ह्वाइट हिल्सका विद्यार्थी र शिक्षकले जुटाए ७५ हजार

बाढीपीडितका लागि ह्वाइट हिल्सका विद्यार्थी र शिक्षकले जुटाए ७५ हजार

September 11, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
रसुवा बाढीको प्रभावः सोलुखुम्बुमा ग्यास अभाव र महँगीको चिन्ता

रसुवा बाढीको प्रभावः सोलुखुम्बुमा ग्यास अभाव र महँगीको चिन्ता

September 11, 2026
ऐसेलुखर्क गाउँपालिकाले काठमाडौँ र इटहरीमा सामाजिक सुरक्षा भत्ता शिविर सञ्चालन गर्ने

ऐसेलुखर्क गाउँपालिकाले तीज विशेष कार्यक्रम स्थगित गर्यो

September 11, 2026
बाढीपीडितका लागि मोन्भिसो नेपाल फाउन्डेसनको २० लाख सहयोग

बाढीपीडितका लागि मोन्भिसो नेपाल फाउन्डेसनको २० लाख सहयोग

September 11, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly