Saturday, June 13, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

जिल्ला अस्पताल फाप्लुमा आमभेला तथा प्रारम्भिक प्रतिवेदन सार्वजनिक

Radio Everest by Radio Everest
April 27, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

बैशाख १४, सोलुखुम्बु । जिल्ला अस्पताल फाप्लुमा स्वास्थ्य क्षेत्रका लागि सामाजिक जवाफदेहिता सम्बन्धी आमभेला तथा प्रारम्भिक प्रतिवेदन प्रस्तुतीकरण कार्यक्रम सम्पन्न भएको छ । सोमबार आयोजित उक्त कार्यक्रम जिल्ला अस्पताल सोलुखुम्बु र सोलुदुधकुण्ड नगरपालिका वडा नं. ४ को आयोजनामा तथा वान स्टेप अहेड फाउण्डेशनको सहकार्यमा सम्पन्न गरिएको हो ।

कार्यक्रममा अस्पतालको वर्तमान अवस्थाको अवलोकन, सूचना संकलन, स्वास्थ्यकर्मीहरूसँग अन्तरक्रिया, सेवाग्राहीहरूको विवरण संकलन, सेवा लिएर फर्केका सेवाग्राहीसँगको अन्तर्वार्ता, महिला स्वास्थ्य स्वयंसेविका तथा समुदायका व्यक्तिहरूसँग छलफल, साथै प्रसुति सेवा लिएका आमाहरूसँग गरिएको अन्तर्वार्ताका निष्कर्ष प्रस्तुत गरिएको थियो । प्रस्तुत प्रतिवेदन अनुसार जिल्ला अस्पतालको समग्र कार्यसम्पादन मूल्यांकन गर्दा ८६ प्रतिशत प्रगति हासिल भएको देखिएको छ ।

गत आर्थिक वर्षमा स्वास्थ्य बीमा सेवामार्फत २ हजार ४ सय २५ जनाले उपचार सेवा लिएका थिए भने थप उपचारका लागि ६० जना बीमित सेवाग्राहीलाई अन्यत्र रेफर गरिएको तथ्यांक सार्वजनिक गरिएको छ । यसैगरी, बीमा कार्यक्रम अन्तर्गत १ हजार १ सय प्रकारका औषधी वितरण गरिएको जानकारी गराइएको छ । कार्यक्रममा अस्पतालमा भौतिक पूर्वाधार सुदृढ रहेको, स्वास्थ्यकर्मीहरूको क्षमता अभिवृद्धिका लागि तालिमहरू सञ्चालन भइरहेका, टेलिमेडिसिन सेवा उपलब्ध रहेको, कर्मचारी र व्यवस्थापनबीच सौहार्दपूर्ण सम्बन्ध रहेको उल्लेख गरिएको थियो ।

साथै, डेन्टल सर्जनसहितको दन्त सेवा, नियमित स्वास्थ्य सेवा प्रवाह, २४ सै घण्टा आकस्मिक सेवा, प्रयोगशाला, फार्मेसी तथा प्रसुति सेवा उपलब्ध रहेको र समय–समयमा स्वास्थ्य शिविर सञ्चालन हुने गरिएको जानकारी दिइएको छ । हाल जिल्ला अस्पतालमा ५२ जना स्वास्थ्यकर्मी कार्यरत रहेको र यहाँ विशेषगरी श्वासप्रश्वाससम्बन्धी तथा नसर्ने रोगका बिरामीहरू बढी आउने गरेको पनि कार्यक्रममा उल्लेख गरिएको छ ।

कार्यक्रममा बोल्दै अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तथा जिल्ला समन्वय समितिका प्रमुख कृष्ण प्रसाद निरौलाले स्वास्थ्य सेवा केवल औषधीमा सीमित नभई मानवीय व्यवहार पनि उत्तिकै महत्वपूर्ण हुने बताउनुभयो । त्यसैगरी, जिल्ला अस्पताल फाप्लुका प्रमुख डा. विनेश कुमार मण्डलले स्वास्थ्य सेवा अझ प्रभावकारी बनाउन नीतिको प्रभावकारी कार्यान्वयन आवश्यक रहेकोमा जोड दिनुभयो ।

Previous Post

खोटाङमा पूर्वाधार आयोजनाको गुणस्तरमा निगरानी गर्न सर्वसाधारणलाई अपिल

Next Post

सगरमाथा आधार शिविरमा पर्यटन विभागको अस्थायी फिल्ड कार्यालय स्थापना

Related Posts

महुली लघुवित्तको १४औँ वार्षिकोत्सवमा वृक्षरोपण

महुली लघुवित्तको १४औँ वार्षिकोत्सवमा वृक्षरोपण

June 13, 2026
0
लिखु जलविद्युत आयोजनाबाट प्रभावित स्थानीयको आन्दोलन अस्थायी रूपमा स्थगित

लिखु जलविद्युत आयोजनाबाट प्रभावित स्थानीयको आन्दोलन अस्थायी रूपमा स्थगित

June 13, 2026
0
हलेसीमा घरबारविहीन परिवारलाई भूकम्पप्रतिरोधी घर हस्तान्तरण

हलेसीमा घरबारविहीन परिवारलाई भूकम्पप्रतिरोधी घर हस्तान्तरण

June 13, 2026
0
फेसबुक लिंकमा समस्या, भयाे सबै अबरुद्ध

फेसबुक लिंकमा समस्या, भयाे सबै अबरुद्ध

June 12, 2026
0
Next Post
सगरमाथा आधार शिविरमा पर्यटन विभागको अस्थायी फिल्ड कार्यालय स्थापना

सगरमाथा आधार शिविरमा पर्यटन विभागको अस्थायी फिल्ड कार्यालय स्थापना

Discussion about this post

Everest Highlights

महुली लघुवित्तको १४औँ वार्षिकोत्सवमा वृक्षरोपण

महुली लघुवित्तको १४औँ वार्षिकोत्सवमा वृक्षरोपण

June 13, 2026
लिखु जलविद्युत आयोजनाबाट प्रभावित स्थानीयको आन्दोलन अस्थायी रूपमा स्थगित

लिखु जलविद्युत आयोजनाबाट प्रभावित स्थानीयको आन्दोलन अस्थायी रूपमा स्थगित

June 13, 2026
हलेसीमा घरबारविहीन परिवारलाई भूकम्पप्रतिरोधी घर हस्तान्तरण

हलेसीमा घरबारविहीन परिवारलाई भूकम्पप्रतिरोधी घर हस्तान्तरण

June 13, 2026
फेसबुक लिंकमा समस्या, भयाे सबै अबरुद्ध

फेसबुक लिंकमा समस्या, भयाे सबै अबरुद्ध

June 12, 2026
सोलुखुम्बुमा बिहानै आगलागी, वृद्धाको घर जलेर नष्ट

सोलुखुम्बुमा बिहानै आगलागी, वृद्धाको घर जलेर नष्ट

June 12, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
महुली लघुवित्तको १४औँ वार्षिकोत्सवमा वृक्षरोपण

महुली लघुवित्तको १४औँ वार्षिकोत्सवमा वृक्षरोपण

June 13, 2026
लिखु जलविद्युत आयोजनाबाट प्रभावित स्थानीयको आन्दोलन अस्थायी रूपमा स्थगित

लिखु जलविद्युत आयोजनाबाट प्रभावित स्थानीयको आन्दोलन अस्थायी रूपमा स्थगित

June 13, 2026
हलेसीमा घरबारविहीन परिवारलाई भूकम्पप्रतिरोधी घर हस्तान्तरण

हलेसीमा घरबारविहीन परिवारलाई भूकम्पप्रतिरोधी घर हस्तान्तरण

June 13, 2026
No Result
View All Result

June 2026
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
« May    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly