साउन १०, साेलुखुम्बु । खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ मा फोहोर जलाउने क्रममा शरीरमा आगो सल्किँदा एक युवक गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार साउन ९ गते दिउँसो करिब ३ बजे स्थानीय ३० वर्षीय रबिन परियारले आफ्नै घरछेउमा पेट्रोल छर्केर फोहोर जलाउने क्रममा शरीरमा आगो सल्किएको थियो ।
आगलागीबाट उनको दुवै हात, अनुहार तथा बायाँ खुट्टा जलेर गम्भीर घाइते भएका हुन् । घाइते परियारलाई थप उपचारका लागि साउन १० गते राति करिब १०ः५० बजे काठमाडौंस्थित वीर अस्पताल पु¥याइएको प्रहरीले जनाएको छ। अस्पतालमा कार्यरत प्रहरी कर्मचारीले राति ११ः३० बजे जिल्ला प्रहरी कार्यालयलाई घटनाबारे जानकारी गराएका थिए । प्रहरीका अनुसार घाइतेको अवस्था गम्भीर रहेको छ।
घटनापछि अस्थायी प्रहरी चौकी भण्डारेघाटबाट प्रहरी सहायक निरीक्षक पवनकुमार रायको कमाण्डमा प्रहरी टोली खटिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।










Discussion about this post