भदौ १३, सोलुखुम्बु । उदयपुरको ताप्ली गाउँपालिका–५ स्थित रुपाटार स्वास्थ्य चौकी ताप्ली गाउँपालिकाकै पहिलो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा हुने भएको छ । ‘पोषणमैत्री स्वास्थ्य संस्था कार्यान्वयन निर्देशिका २०७९’ र ‘पोषणमैत्री स्थानीय शासन कार्यान्वयन कार्यविधि २०८०’ ले निर्दिष्ट गरेका सम्पूर्ण सूचक तथा मापदण्डहरू पुरा गरेपछि उक्त स्वास्थ्य चौकीलाई पोषणमैत्री घोषणा गर्न लागिएको हो ।
स्वास्थ्य चौकी व्यवस्थापन समिति (ताप्ली–५, रुपाटार, उदयपुर) को आयोजनामा सोमबार बिहान ११ः०० बजे रुपाटार स्वास्थ्य चौकी (कटहरे) को प्राङ्गणमा घोषणा कार्यक्रम तय गरिएको छ । उक्त कार्यक्रममा ताप्ली गाउँपालिका, वल्र्ड भिजन इन्टरनेसनल नेपाल, मानव अधिकार र वातावरण विकास केन्द्र (हुरेन्डेक) उदयपुर तथा जल्पा एकीकृत विकास समाज, उदयपुरको सहयोग रहनेछ ।
आयोजकका अनुसार जनप्रतिनिधि, कर्मचारी, विभिन्न संघ–संस्थाका प्रतिनिधि, वडा कार्यालय, स्वास्थ्य संस्था प्रमुख, टोल विकास संस्था, विद्यालय, महिला स्वास्थ्य स्वयंसेविका, बालक्लब सञ्जाल, राजनीतिक दल तथा स्थानीय बुद्धिजीवीहरूलाई उपस्थितिका लागि पत्राचार भइसकेको छ ।











Discussion about this post