असोज २५, सोलुखुम्बु । तान्त्रिक झाँक्री प्रकाश भुजेलले आफूलाई धर्मगुरुभन्दा झाँक्री गुरुका रूपमा चिनाउन रुचाउने बताउनुभएको छ । सोलुखुम्बुको सदरमुकाम सल्लेरीस्थित ह्वाइट हिल्स इङ्लिस सेकेन्डरी बोर्डिङ स्कुलको खेलकुद कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएका भुजेलले आफू धर्मगुरु नभई झाँक्री गुरु मात्र रहेको स्पष्ट पार्नुभएको हो ।
विद्यालयको निमन्त्रणामा कार्यक्रममा सहभागी हुन पाएकोमा खुसी व्यक्त गर्दै उहाँले विद्यालय परिवारलाई धन्यवाद दिनुभएको छ । सो अवसरमा भुजेलले विद्यालयलाई खेलकुद सामग्रीका साथै नगद सहयोगसमेत गर्नुभएको विद्यालयले जनाएको छ ।विद्यालयले उहाँको सहयोगप्रति आभार व्यक्त गरेको छ ।











Discussion about this post