असोज २६, सोलुखुम्बु । भालुको आक्रमणबाट सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–५, सल्लेरी रोसिकी २८ वर्षीया लाक्पा डोमा शेर्पा घाइते हुनुभएको छ । सोमबार बिहान घरबाट सल्लेरीतर्फ जाने क्रममा घरनजिकैको बाटोमा शेर्पामाथि भालुले आक्रमण गरेको हो ।
आक्रमणबाट शेर्पाको दाहिने हात र कम्मरमा चोट लागेको सोलुदूधकुण्ड नगरपालिका–५ का वडाध्यक्ष मिङमार तामाङले जानकारी दिनुभयो । घाइते शेर्पाको जिल्ला अस्पताल फाप्लुमा उपचार भइरहेको उहाँले बताउनुभयो । पछिल्लो समय वन्यजन्तुको आक्रमणबाट स्थानीय बासिन्दा जोखिममा पर्न थालेपछि ग्रामीण क्षेत्रमा आवतजावत गर्दा सतर्कता अपनाउनुपर्ने देखिएको छ ।











Discussion about this post