Sunday, October 11, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुदुधकुण्ड–४ फाप्लु जिल्लाकै तेस्रो बालमैत्री वडा घोषित

Radio Everest by Radio Everest
October 11, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असोज २५, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–४ फाप्लु जिल्लाकै तेस्रो बालमैत्री स्थानीय शासनयुक्त वडा बनेको छ । आइतबार आयोजित समारोहमा जिल्ला समन्वय समिति सोलुखुम्बुका प्रमुख कृष्णप्रसाद निरौलाले वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्नुभएको हो । बालमैत्री वडा निर्माणका लागि निर्धारित ५१ वटै सूचक क्रमशः पूरा गर्दै वडालाई बालमैत्री घोषणा गरिएको जनाइएको छ ।

‘बालबालिकामा लगानी, सबैको सरोकार, बालमैत्री नगर, विकास र समृद्धिको आधार’ भन्ने नारासहित २०८१ चैत ३ गतेदेखि घोषणा अभियान सुरु गरिएको थियो । बालमैत्री पूर्वाधार निर्माण, आवश्यक नीति तथा कार्यक्रम तर्जुमा र बालमैत्री व्यवहार प्रवद्र्धनलगायतका काम गर्दै लामो प्रयासपछि वडा घोषणा गर्न सफल भएको जनाइएको छ । वडाका ३१९ घरधुरीमा बसोबास गर्ने १ हजार ४१३ परिवारले बालमैत्री व्यवहारलाई प्राथमिकता दिँदै बालअधिकार संरक्षणमा प्रतिबद्धता जनाएको बताइएको छ ।

वडाध्यक्ष तथा कार्यक्रमका सभापति युवास तामाङले लामो मेहनतपछि वडालाई बालमैत्री बनाउन सफल भएको बताउनुभयो । उहाँले वडामा बालअधिकार हनन, बालश्रमलगायतका अधिकारविपरीतका गतिविधि हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो । बालबालिकालाई सही मार्गदर्शन र अभिभावकत्व प्रदान गर्न सके त्यसले समाज र राष्ट्रको विकासमा समेत योगदान पुग्ने उहाँको भनाइ थियो । कार्यक्रममा सहभागी विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूले बालमैत्री वडा घोषणा हुनु सकारात्मक उपलब्धि भए पनि यसको दिगो कार्यान्वयनमा सबै पक्षले ध्यान दिनुपर्नेमा जोड दिएका थिए ।

प्रमुख अतिथि निरौलाले बालबालिकाको सर्वाङ्गीण विकासका लागि राज्यले निर्धारण गरेका ५१ वटा सूचकको प्रभावकारी कार्यान्वयन महत्त्वपूर्ण हुने बताउनुभयो । उहाँले बालबालिकाको भविष्य उज्ज्वल बनाउन उचित शिक्षा र अनुशासनसँगै अभिभावक तथा शिक्षकको भूमिका महत्त्वपूर्ण रहने उल्लेख गर्नुभयो । पछिल्लो समय प्रविधिको प्रयोगका क्रममा बालबालिका विभिन्न जोखिममा पर्न सक्ने भन्दै उहाँले त्यस्ता जोखिमबाट जोगाउन घरपरिवारबाटै सचेतना र निगरानी आवश्यक रहेको बताउनुभयो ।

Previous Post

प्रशासनद्वारा आयोजित खुला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

Related Posts

प्रशासनद्वारा आयोजित खुला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

प्रशासनद्वारा आयोजित खुला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

October 11, 2026
0
बालबालिका र अभिभावकलाई खेलमार्फत जोड्दै ह्वाइट हिल्स स्कुल

बालबालिका र अभिभावकलाई खेलमार्फत जोड्दै ह्वाइट हिल्स स्कुल

October 11, 2026
0
‘म धर्मगुरु होइन, झाँक्री गुरु मात्र हुँ’ : प्रकाश भुजेल

‘म धर्मगुरु होइन, झाँक्री गुरु मात्र हुँ’ : प्रकाश भुजेल

October 11, 2026
0
भोटेकोशी बाढीपीडित सोलुखुम्बुका १४ परिवारलाई सात लाख रुपैयाँ सहयोग प्रदान

भोटेकोशी बाढीपीडित सोलुखुम्बुका १४ परिवारलाई सात लाख रुपैयाँ सहयोग प्रदान

October 11, 2026
0

Discussion about this post

Everest Highlights

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुदुधकुण्ड–४ फाप्लु जिल्लाकै तेस्रो बालमैत्री वडा घोषित

सोलुदुधकुण्ड–४ फाप्लु जिल्लाकै तेस्रो बालमैत्री वडा घोषित

October 11, 2026
प्रशासनद्वारा आयोजित खुला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

प्रशासनद्वारा आयोजित खुला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

October 11, 2026
बालबालिका र अभिभावकलाई खेलमार्फत जोड्दै ह्वाइट हिल्स स्कुल

बालबालिका र अभिभावकलाई खेलमार्फत जोड्दै ह्वाइट हिल्स स्कुल

October 11, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly