Sunday, October 18, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

दसैँमा खानपानमा ध्यान दिन र नियमित औषधि सेवन गर्न चिकित्सकको सुझाव

Radio Everest by Radio Everest
October 18, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

कार्तिक १, सोलुखुम्बु । बडादसैँ, तिहार, नेपाल संवत् तथा छठजस्ता चाडपर्व मनाउने क्रममा खानपानमा विशेष ध्यान दिन र दीर्घरोगीले नियमित औषधि सेवन गर्न चिकित्सकले सुझाव दिएका छन् । जिल्ला अस्पताल फाप्लुका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. विनेश कुमार मण्डलले चाडपर्वका समयमा आवश्यकताभन्दा बढी चिल्लो, बोसोयुक्त, गुलियो तथा उच्च कार्बोहाइड्रेटयुक्त खानेकुरा सेवन गर्दा स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने बताउनुभयो । उहाँले सन्तुलित आहार, ताजा खाना र पर्याप्त मात्रामा सागसब्जी तथा फलफूल सेवन गर्नुपर्नेमा जोड दिनुभयो । चाडपर्वका समयमा मासु, मिठाई तथा अन्य परिकारको बढी सेवन गर्ने प्रवृत्तिले मधुमेह, उच्च रक्तचाप र कोलेस्ट्रोलको समस्या भएका व्यक्तिलाई थप जोखिममा पार्न सक्ने उहाँको भनाइ छ ।

विशेषगरी मधुमेहका बिरामीमा चाडपर्वपछि रगतमा चिनीको मात्रा बढ्ने समस्या देखिन सक्ने भएकाले खानपानमा सावधानी अपनाउनुपर्ने उहाँले बताउनुभयो । डा. मण्डलका अनुसार कार्बोनेटेड पेय पदार्थ तथा अत्यधिक गुलियो भएका पेयको सेवनले पनि स्वास्थ्यमा नकारात्मक असर पार्न सक्छ । मासु तथा अन्य परिकारसँग यस्ता पेय पदार्थको अत्यधिक सेवन गर्ने बानीले विशेषगरी मधुमेह तथा अन्य दीर्घरोग भएका व्यक्तिको स्वास्थ्यमा थप जटिलता निम्त्याउन सक्ने उहाँले बताउनुभयो । उच्च रक्तचाप, मधुमेह तथा कोलेस्ट्रोलका बिरामीले चाडपर्वका समयमा पनि नियमित औषधि सेवन गर्नुपर्ने उहाँको सुझाव छ ।

रक्तचापका बिरामीले समय–समयमा रक्तचाप जाँच गराउनुपर्ने र मधुमेहका बिरामीले मिठाई तथा अन्य गुलियो पदार्थको सेवन सीमित गर्नुपर्ने उहाँले बताउनुभयो । कुनै असामान्य लक्षण देखिएमा तत्काल स्वास्थ्य संस्थामा सम्पर्क गर्न पनि उहाँले आग्रह गर्नुभयो । चाडपर्वमा मासु भण्डारण गर्दा पनि विशेष सावधानी अपनाउनुपर्ने चिकित्सकको सुझाव छ । मासुलाई लामो समयसम्म भुटेर राख्नुभन्दा उचित तापक्रममा फ्रिजमा सुरक्षित राख्नु र सम्भव भएसम्म ताजा तथा राम्ररी पकाएको खाना खानु उपयुक्त हुने उहाँले बताउनुभयो । तर, फ्रिजमा राख्दैमा खाना पूर्ण रूपमा सुरक्षित नहुने भएकाले भण्डारण र पकाउने तरिकामा ध्यान दिनुपर्ने उहाँको भनाइ छ । बजारबाट खरिद गरिने मिठाई तथा अन्य खाद्यवस्तुको गुणस्तरमा समेत ध्यान दिनुपर्ने उहाँले बताउनुभयो । खाद्यवस्तुलाई आकर्षक बनाउन प्रयोग गरिने अस्वस्थकर रसायन तथा अन्य पदार्थले स्वास्थ्यमा जोखिम निम्त्याउन सक्ने भएकाले सकेसम्म घरमै तयार पारिएको ताजा खाना सेवन गर्नु उचित हुने उहाँले उल्लेख गर्नुभयो ।

चाडपर्वका समयमा स्वास्थ्यमा समस्या देखिएपछि मात्र अस्पताल जाने प्रवृत्ति त्याग्नुपर्नेमा जोड दिँदै डा. मण्डलले नियमित स्वास्थ्य परीक्षणको महत्त्वसमेत औँल्याउनुभयो । समयमै रोग पहिचान गरी उपचार गराउन सके सम्भावित जटिलता कम गर्न सकिने उहाँको भनाइ छ । यसैबीच, दसैँलगायत चाडपर्वका समयमा पनि जिल्ला अस्पताल फाप्लुको स्वास्थ्य सेवा नियमित सञ्चालन हुने अस्पतालले जनाएको छ ।

अस्पतालमा आकस्मिक सेवा, वार्ड सेवा तथा आवश्यकताअनुसार आकस्मिक शल्यक्रिया सेवा निरन्तर उपलब्ध हुने डा। मण्डलले जानकारी दिनुभयो । चाडपर्वका समयमा सेवा प्रभावित हुन नदिन मेडिकल अधिकृतदेखि विशेषज्ञ चिकित्सकसम्मको ड्युटी तालिका मिलाइएको र आवश्यक औषधिको व्यवस्थापनमा समेत ध्यान दिइएको उहाँले बताउनुभयो । आकस्मिक उपचारका लागि औषधिको अभाव हुन नदिन अस्पतालले एक महिनाअघिदेखि नै तयारी गरेको उहाँको भनाइ छ ।

Previous Post

नवरात्रको आठौँ दिन आज महागौरी देवीको पूजा आराधना गरिँदै

Next Post

सोलुखुम्बुमा एक वर्षमा ७२ लाखभन्दा बढीको नुन बिक्री, सोलुदूधकुण्डमा उच्च माग

Related Posts

दिक्तेलतर्फ आउँदै गरेको सुमो सुनकोसीमा खस्यो, ३ जनाको मृत्यु, ३ जना बेपत्ता, ४ घाइते

दिक्तेलतर्फ आउँदै गरेको सुमो सुनकोसीमा खस्यो, ३ जनाको मृत्यु, ३ जना बेपत्ता, ४ घाइते

October 18, 2026
0
उदयपुरमा मल्ल आलेमगर समुदायको जिल्ला स्तरीय दसैँ शुभकामना तथा भेटघाट कार्यक्रम

उदयपुरमा मल्ल आलेमगर समुदायको जिल्ला स्तरीय दसैँ शुभकामना तथा भेटघाट कार्यक्रम

October 17, 2026
0
Next Post
सोलुखुम्बुमा एक वर्षमा ७२ लाखभन्दा बढीको नुन बिक्री, सोलुदूधकुण्डमा उच्च माग

सोलुखुम्बुमा एक वर्षमा ७२ लाखभन्दा बढीको नुन बिक्री, सोलुदूधकुण्डमा उच्च माग

Discussion about this post

Everest Highlights

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बुमा एक वर्षमा ७२ लाखभन्दा बढीको नुन बिक्री, सोलुदूधकुण्डमा उच्च माग

सोलुखुम्बुमा एक वर्षमा ७२ लाखभन्दा बढीको नुन बिक्री, सोलुदूधकुण्डमा उच्च माग

October 18, 2026
दसैँमा खानपानमा ध्यान दिन र नियमित औषधि सेवन गर्न चिकित्सकको सुझाव

दसैँमा खानपानमा ध्यान दिन र नियमित औषधि सेवन गर्न चिकित्सकको सुझाव

October 18, 2026
नवरात्रको आठौँ दिन आज महागौरी देवीको पूजा आराधना गरिँदै

नवरात्रको आठौँ दिन आज महागौरी देवीको पूजा आराधना गरिँदै

October 18, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly