कार्तिक ६,सोलुखुम्बु । बडादशैँको टीकाको तेस्रो दिन आज पनि आफन्त तथा मान्यजनको हातबाट टीका र जमरा ग्रहण गरी आशीर्वाद लिने क्रम जारी छ। विजयादशमीका दिन आफ्नै घरपरिवारमा टीका लगाएपछि टाढा रहेका आफन्त तथा मान्यजनकहाँ पुगेर टीका थाप्ने र आशीर्वाद लिने चलनअनुसार सर्वसाधारणले दशैँ मनाइरहेका छन्।
परम्पराअनुसार टीकाको दिनदेखि कोजाग्रत पूर्णिमासम्म आफन्त तथा मान्यजनकहाँ पुगेर टीका लगाउने र आशीर्वाद लिने गरिन्छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार देवीको प्रसादका रूपमा कोजाग्रत पूर्णिमासम्म टीका लगाउन सकिन्छ।
धेरैजसो ठाउँमा कोजाग्रत पूर्णिमासम्म नै टीका र जमरा लगाई आशीर्वाद थाप्ने चलन रहे पनि नेपालका केही भागमा भने कुल तथा पारिवारिक परम्पराअनुसार विजयादशमीको दिन मात्रै टीका र जमरा लगाउने गरिन्छ। कोजाग्रत पूर्णिमाको राति जाग्राम बसी महालक्ष्मीको पूजा गरेपछि १५ दिन लामो बडादशैँ पर्व समापन हुने धार्मिक मान्यता रहेको छ।











Discussion about this post