कार्तिक ६, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–१० स्थित फोक्टे डाँडामा निर्माण गरिएको बुद्ध पार्कमा भगवान् बुद्धको पवित्र मूर्तिको प्राणप्रतिष्ठासहित उद्घाटन गरिएको छ ।बिहीबार परम श्रद्धेय गुरु खेन्पो साङ्गे राङ्जुङ रिन्पोछेबाट बुद्धको पवित्र मूर्तिको प्राणप्रतिष्ठा तथा उद्घाटन गरिएको हो ।
धार्मिक तथा आध्यात्मिक महत्त्व बोकेको बुद्ध पार्कले फोक्टे डाँडाको महत्त्व थप बढाउनुका साथै बौद्ध धर्मावलम्बी तथा श्रद्धालु भक्तजनलाई धार्मिक आस्थासँग जोड्ने अपेक्षा गरिएको छ । समुद्री सतहबाट करिब दुई हजार ९०० मिटरको उचाइमा रहेको फोक्टे डाँडामा निर्माणाधीन बुद्ध पार्क परियोजनाको कुल लागत ६५ लाख रुपैयाँ रहेको छ ।
परियोजनाका लागि सोलुदूधकुण्ड नगरपालिकाबाट १० लाख रुपैयाँ र सेभेन समिट फाउन्डेसनबाट ५५ लाख रुपैयाँ लगानी गरिएको छ । बुद्ध पार्क निर्माणले टाप्टिङ क्षेत्रको धार्मिक तथा सांस्कृतिक पहिचानलाई थप उजागर गर्नुका साथै आन्तरिक पर्यटन प्रवर्द्धनमा समेत महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।










Discussion about this post