कार्तिक १३, सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु क्षेत्रमा हिमपात भइरहेका बेला दिङ्बुचेमा एक होटलमा आगलागी भएको छ । खुम्बु पासाङल्हामु गाउँपालिका–४ दिङ्बुचेमा कुलबहादुर तामाङले सञ्चालन गरेको गुड लक होटलमा खाना पकाउने ग्यास पड्किएपछि आगलागी भएको हो । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार शुक्रबार दिउँसो करिब २ बजेर ५० मिनेटको समयमा आगलागी भएको खबर प्राप्त हुनासाथ प्रहरी चौकी दिङ्बुचेबाट प्रहरी हवल्दार शिवप्रसाद अधिकारीको नेतृत्वमा चार जनाको टोली घटनास्थल पुगेको थियो । स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास गर्नुका साथै नजिकै होटलबाट सामान सुरक्षित स्थानमा निकाल्ने काम भइरहेको प्रहरीले जनाएको छ । प्रारम्भिक विवरणअनुसार घटनामा मानवीय क्षति भएको छैन। आगलागीबाट भएको भौतिक क्षतिको विवरण भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ।










Discussion about this post