Tuesday, November 17, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

टोक्सेलमा प्रादेशिक अस्पताल निर्माण गर्न ५ बुँदे सहमति, आन्दोलन स्थगित

Radio Everest by Radio Everest
November 17, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

सबिना राई, सोलुखुम्बु । ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–७ स्थित टोक्सेलमा कोशी प्रदेशस्तरीय प्रादेशिक अस्पताल निर्माणको माग राख्दै आन्दोलनरत सङ्घर्ष समिति र कोशी प्रदेश स्वास्थ्य मन्त्रालयबिच पाँच बुँदे सहमति भएको छ । मंगलबार दुई पक्षबिच सहमति भएसँगै सङ्घर्ष समितिले आमरण अनशनलगायतका आन्दोलनका कार्यक्रम स्थगन गर्ने निर्णय गरेको छ भने प्रदेश सरकार अस्पताल निर्माण प्रक्रिया अघि बढाउन तयार भएको छ । सहमति पत्रमा सङ्घर्ष समितिका संयोजक माधवप्रसाद ढुङ्गाना र कोशी प्रदेशका स्वास्थ्य मन्त्री इन्द्रमणी पराजुलीले हस्ताक्षर गरेका छन् । यस्तै, साक्षीका रूपमा जग्गादाता प्रतिनिधिका तर्फबाट अर्जुनकुमार गौतम र शारदा प्रसाद गौतम तथा मन्त्रालयका तर्फबाट प्रदेश सचिव डा. कीर्तिपाल सुवेदीले हस्ताक्षर गरेका छन् ।

प्राविधिक टोली सहित अस्पताल निर्माण प्रयोजनका लागि दान भएको जग्गाको निरीक्षण प्रक्रिया तत्काल अगाडि बढाउने, हाल सामाजिक विकास मन्त्रालयको नाममा रहेको १६७ रोपनी जग्गा स्वास्थ्य मन्त्रालयको नाममा सार्न आवश्यक प्रक्रिया अघि बढाउने, अस्पताल निर्माणका लागि वातावरणीय परीक्षण गर्न २०८३ साल मंसिर महिनाभित्र आवश्यक स्रोत व्यवस्थापन गर्ने र चालु आर्थिक वर्षभित्र प्रतिवेदन तयार गर्ने, बुँदा नं. १ र ३ कार्यान्वयनको प्रतिवेदन तयार भएपछि सोही आधारमा आगामी बजेट तथा कार्यक्रममा अस्पताल निर्माणका लागि स्रोत सुनिश्चित गर्ने र हाल अनशनरत प्रतिनिधिहरूले अनशन स्थगित गर्ने सहमति भएको छ ।

ओखलढुङ्गा, सोलुखुम्बु, खोटाङ र पश्चिम उदयपुर क्षेत्रका नागरिकको स्वास्थ्य उपचार तथा राजमार्गमा हुने आपतकालीन स्वास्थ्य समस्यालाई सम्बोधन गर्ने उद्देश्यले २०७६ पुस २८ गते टोक्सेलमा प्रादेशिक अस्पताल बनाउने निर्णय भएको थियो । सोही अनुरूप स्थानीय समाजसेवी तथा जग्गादाताहरूले २०७७ पुस ८ गते १६७ रोपनी जग्गा निःशुल्क रूपमा तत्कालीन सामाजिक विकास मन्त्रालयको नाममा नामसारी गरिदिएका थिए । सन् २०२१ मा १५० शय्याको अस्पताल निर्माणका लागि लागत इस्टिमेट र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भई जग्गा सम्याउने काम समेत भएको थियो ।

तर, त्यसपछिको ६ वर्षसम्म अस्पताल निर्माणको काम अगाडि नबढेको भन्दै सङ्घर्ष समितिले गत कात्तिक १७ गते स्वास्थ्य मन्त्री पराजुलीलाई आमरण अनशनसहितको मागपत्र पेस गरेको थियो । मंगलबारको सहमतिसँगै वर्षौंदेखि अलपत्र परेको अस्पताल निर्माणको कामले गति लिने अपेक्षा स्थानीयले गरेका छन् ।

Previous Post

सगरमाथा आधार शिविरमा विवाह गर्ने अमेरिकी जोडीको अनौठो प्रेमकथा

Related Posts

सगरमाथा आधार शिविरमा विवाह गर्ने अमेरिकी जोडीको अनौठो प्रेमकथा

सगरमाथा आधार शिविरमा विवाह गर्ने अमेरिकी जोडीको अनौठो प्रेमकथा

November 17, 2026
0
‘सर्वोच्च प्रभा’ को पहिलो अङ्क नेपजोलमा प्रकाशित

‘सर्वोच्च प्रभा’ को पहिलो अङ्क नेपजोलमा प्रकाशित

November 17, 2026
0
जापानी दाताको ४१ लाख सहयोगमा जुनबेसी माविमा छात्रावास बन्ने

जापानी दाताको ४१ लाख सहयोगमा जुनबेसी माविमा छात्रावास बन्ने

November 17, 2026
0
देशका विभिन्न स्थानमा वर्षा, कोसी, मधेस र वाग्मतीमा भारी वर्षाको सम्भावना

पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

November 17, 2026
0

Discussion about this post

Everest Highlights

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
टोक्सेलमा प्रादेशिक अस्पताल निर्माण गर्न ५ बुँदे सहमति, आन्दोलन स्थगित

टोक्सेलमा प्रादेशिक अस्पताल निर्माण गर्न ५ बुँदे सहमति, आन्दोलन स्थगित

November 17, 2026
सगरमाथा आधार शिविरमा विवाह गर्ने अमेरिकी जोडीको अनौठो प्रेमकथा

सगरमाथा आधार शिविरमा विवाह गर्ने अमेरिकी जोडीको अनौठो प्रेमकथा

November 17, 2026
‘सर्वोच्च प्रभा’ को पहिलो अङ्क नेपजोलमा प्रकाशित

‘सर्वोच्च प्रभा’ को पहिलो अङ्क नेपजोलमा प्रकाशित

November 17, 2026
No Result
View All Result

November 2026
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
2930  
« Oct    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly