मंसिर १, सोलुखुम्बु । नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। यसको प्रभावका कारण देशका हिमाली भूभाग र कोशी प्रदेशको पहाडी क्षेत्रमा आंशिक बदली भएको छ भने अन्य भूभागमा मौसम मुख्यतया सफा रहेको छ। तराईका केही स्थानमा भने तुवाँलो लागेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशसहित बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ। बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने अनुमान छ।
दिउँसो कोशी प्रदेशका हिमाली तथा पहाडी भूभाग र गण्डकी प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। यस्तै, आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा र लुम्बिनी प्रदेशको हिमाली भूभागमा आंशिक बदली रहनेछ। अन्य क्षेत्रमा भने मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ।










Discussion about this post