कात्तिक ३०, साेलुखुम्बु । साेलुखुम्बुकाे नेचासल्यान गाउँपालिका–२ स्थित स्याखुनेमा रहेको पञ्चकन्या कैलाश्वरी देवीथान मन्दिरमा यहि मंसिर १२ र १३ गते दुईदिने भव्य मेला आयोजना हुने भएको छ। मन्दिरमा धार्मिक तथा सांस्कृतिक महत्त्वका साथ मेला आयोजना गर्न लागिएको हो। मेलामा धामीझाँक्री, स्थानीयवासी तथा देशका विभिन्न स्थानबाट आउने श्रद्धालु भक्तजनको सहभागिता रहने अपेक्षा गरिएको छ।
मेला आयोजकले सम्पूर्ण श्रद्धालु भक्तजनलाई मेलामा उपस्थित भई पञ्चकन्या कैलाश्वरी देवीको दर्शन, पूजाआजा तथा आराधना गरी पुण्य लाभ लिन आग्रह गरेका छन्। त्यसैगरी, धार्मिक परम्परा र विधिअनुसार मेलामा सहभागी हुन आउनुभन्दा तीन दिनअघिदेखि माछामासु, लसुन तथा चिमुर सेवन नगरी धार्मिक शुद्धता कायम गरेर उपस्थित हुनसमेत आयोजकले अनुरोध गरेका छन्।










Discussion about this post