Monday, November 16, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

भरियाबाट नेपालको पहिलो अन्तर्राष्ट्रिय माउन्टेन लिडरसम्म सोलुका कृष्णकुमार मगरको यात्रा

Radio Everest by Radio Everest
November 16, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

कातिक ३०, सोलुखुम्बु । कुनै समय पर्यटकका भारी बोकेर हिमाली पदमार्गमा पसिना बगाउने सोलुखुम्बुको टाप्टिङका कृष्णकुमार मगर अहिले नेपालको पहिलो अन्तर्राष्ट्रिय माउन्टेन लिडरका रूपमा परिचित हुनुभएको छ । सामान्य भरियाबाट सुरु भएको उहाँको यात्रा अन्तर्राष्ट्रियस्तरको दक्ष पर्वतीय पथप्रदर्शक बन्ने सफलतासम्म पुगेको हो । तीन वर्षसम्म पर्यटकको भारी बोक्ने काम गर्नुभएका मगरले त्यसपछि दुई वर्ष सहायक पथप्रदर्शक ९एसिस्टेन्ट गाइड० का रूपमा काम गर्नुभयो । पर्यटकसँगको निरन्तर संगतले उहाँलाई नयाँ भाषा, विदेशी खानपान, संस्कृति र रहनसहनबारे जान्ने अवसर मिल्यो । नयाँ ठाउँ घुम्ने, फरक संस्कृति बुझ्ने र विदेशी पर्यटकसँग काम गर्ने रुचि बढ्दै गएपछि उहाँले सन् २०१३ देखि फ्रान्सेली भाषा सिक्न थाल्नुभयो । चार वर्षसम्म निरन्तर अध्ययन गरेर फ्रान्सेली भाषामा दक्षता हासिल गर्नुभएका मगरले फ्रान्सेली पर्यटकलाई लक्षित गर्दै आफ्नो व्यावसायिक क्षमता विस्तार गर्नुभयो । नेपालस्थित फ्रान्सेली राजदूतावासअन्तर्गत सञ्चालित अलाइन्स फ्रान्सेइस काठमाडौँबाट बी–१ तहको भाषा अध्ययन पूरा गरेपछि उहाँका लागि अन्तर्राष्ट्रिय पर्यटकसँग काम गर्ने थप अवसर खुलेका थिए । सन् २०१५ मा वनस्पति तथा जीवजन्तुसम्बन्धी अध्ययनका लागि फ्रान्स पुग्नुभएका मगरले त्यहाँ पर्वतीय पर्यटन र माउन्टेन लिडरसिपसम्बन्धी विशेष तालिमबारे जानकारी पाउनुभयो । त्यसपछि उहाँ फ्रान्सको प्रेमानोँस्थित राष्ट्रिय नर्डिक स्की तथा मध्यम पर्वतीय केन्द्रमा सम्पर्क गर्न पुग्नुभयो । सन् २०१८ मा उक्त केन्द्रले सञ्चालन गरेको इन्टरनेसनल माउन्टेन लिडर तालिमका लागि दुई हजार पाँच सय जनाले आवेदन दिएका थिए । विभिन्न चरणको छनोटपछि करिब एक दर्जन मात्र प्रशिक्षार्थी छनोट हुँदा मगर पनि त्यसमा पर्न सफल हुनुभयो ।

पर्वतीय क्षेत्रमा काम गरेको अनुभव, प्राथमिक उपचारसम्बन्धी तालिम र शारीरिक तन्दुरुस्तीलाई छनोटको प्रमुख आधार बनाइएको थियो । करिब १५ देखि १८ लाख रुपैयाँ खर्च लाग्ने उक्त तालिम पूरा गर्नु मगरका लागि चुनौतीपूर्ण थियो । सैद्धान्तिक अध्ययनसँगै हिमाली क्षेत्रको मौसम, हिउँको प्रकृति, हिउँपहिरोको जोखिम, उद्धार प्रविधि तथा पर्वतीय जैविक विविधताबारे गहन अध्ययन गर्नुपर्थ्यो । फ्रान्समा सैद्धान्तिक तथा व्यावहारिक अभ्यास गरेका उहाँले स्विट्जरल्यान्डका हिमाली क्षेत्रमा समेत विशेष प्रशिक्षण लिनुभयो । तीन वर्षसम्मको कठिन अध्ययन, अभ्यास र परीक्षा पार गरेपछि मगर इन्टरनेसनल माउन्टेन लिडरको तालिम पूरा गर्न सफल हुनुभयो । सन् २०२१ मा युनियन अफ इन्टरनेसनल माउन्टेन लिडर एसोसिएसन्स ९यूआईएमएलए० बाट प्रमाणित भएपछि उहाँ नेपालकै पहिलो अन्तर्राष्ट्रिय माउन्टेन लिडर बन्नुभयो । फ्रान्समा विभिन्न अवसर प्राप्त भए पनि मगरले नेपाल फर्किएर आफ्नै देशमा पर्वतीय पर्यटनको विकासमा योगदान गर्ने निर्णय गर्नुभयो । त्यसपछि उहाँले ‘ड्रिम पिक एड्भेन्चर प्रालि’ स्थापना गरी ट्रेकिङ व्यवसाय सुरु गर्नुभयो । विगत नौ वर्षदेखि उक्त कम्पनीमार्फत विदेशी पर्यटकलाई विभिन्न हिमाली पदमार्गमा भ्रमण गराउँदै आउनुभएका मगर आफैँ पनि हिमाल आरोही हुनुहुन्छ । उहाँले विसं २०८१ मा सगरमाथा आरोहण गर्नुभएको थियो भने लोबुचे र आइल्यान्ड पिकलगायत हिमालसमेत आरोहण गरिसक्नुभएको छ । मगरका अनुसार अन्तर्राष्ट्रिय माउन्टेन लिडर बन्न फन्डामेन्टल, समर स्किल, विन्टर स्किल र हाइ अल्टिच्युड गरी चार प्रमुख चरण पूरा गर्नुपर्छ । यसका लागि दुईदेखि तीन वर्षसम्म लाग्ने र व्यक्तिगत रूपमा अध्ययन गर्दा १५ देखि १६ लाख रुपैयाँसम्म खर्च हुने गरेको छ । हाल नेपाल माउन्टेन लिडर एसोसिएसन (एनएमएलए) ले तालिमका लागि मुख्य आर्थिक सहयोग गर्दै आएको छ भने बागमती प्रदेशको पर्यटन मन्त्रालयले पनि एउटा हाइ अल्टिच्युड कोर्समा सहयोग गरेको थियो । नेपाल माउन्टेन लिडर एसोसिएसनका अनुसार मगर सन् २००८ देखि पर्वतीय पर्यटन तथा पथप्रदर्शकका रूपमा सक्रिय हुनुहुन्छ ।

नेपाल र फ्रान्सका विभिन्न हिमाली क्षेत्रमा ट्रेकिङ तथा पर्वतारोहण समूहको नेतृत्व गरिसक्नुभएका उहाँले अन्तर्राष्ट्रियस्तरको सीप र अनुभव नेपाली पर्वतीय पर्यटन क्षेत्रमा भित्र्याउन पनि योगदान गर्दै आउनुभएको छ । मगरलाई अन्तर्राष्ट्रिय माउन्टेन लिडर बन्न प्रेरित गर्ने घटना पनि फ्रान्समै भएको थियो । फ्रान्सको राष्ट्रिय नर्डिक स्की तथा मध्यम पर्वतीय केन्द्रले आयोजना गरेको तीनदिने हाइकिङ तथा ट्रेकिङ कार्यक्रममा सहभागी हुँदा उहाँले ५० देखि ६० जनाको समूहको नेतृत्व गरिरहेका दुई जना अन्तर्राष्ट्रिय माउन्टेन लिडरको काम नजिकबाट नियाल्ने अवसर पाउनुभएको थियो । उनीहरूको समूह व्यवस्थापन, सुरक्षा सावधानी, यात्राअघिको जानकारी, नक्सा तथा नेभिगेसनको प्रयोग र कथा वाचन गर्ने शैलीबाट प्रभावित भएपछि मगरले पनि त्यस्तै दक्षता हासिल गर्ने लक्ष्य बनाउनुभएको थियो । त्यसपछि उहाँले म्याप एन्ड नेभिगेसन तथा इन्टरनेसनल माउन्टेन लिडरसम्बन्धी अध्ययनलाई अगाडि बढाउनुभयो । गत कात्तिक १८ गते कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले नेपालको पहिलो अन्तर्राष्ट्रिय माउन्टेन लिडर बन्न सफल भएकोमा मगरलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो । उहाँले मगरको सफलताले नेपालको गौरव बढाउनुका साथै पर्वतीय पर्यटन र व्यावसायिक माउन्टेन लिडरसिपको विकासमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभएको थियो । नेपालमा अन्तर्राष्ट्रिय माउन्टेन लिडर उत्पादनको बाटो भने क्रमशः फराकिलो हुँदै गएको छ । मगरले फ्रान्स र स्विट्जरल्यान्डमा हासिल गरेको ज्ञान, सीप तथा अन्तर्राष्ट्रिय मापदण्डबारे नेपालका प्रशिक्षक र पर्वतीय पथप्रदर्शकलाई जानकारी गराउँदै आउनुभएको छ । नेपाल माउन्टेन लिडर एसोसिएसनका संस्थापक अध्यक्ष केशर श्रेष्ठ, तत्कालीन महासचिव दावा टासी शेर्पा, कोषाध्यक्ष मनीकुमार राईलगायतको संयुक्त प्रयासपछि सन् २०२४ मा नेपाल यूआईएमएलएको पूर्ण सदस्य बन्न सफल भएको हो ।

पूर्ण सदस्यता प्राप्त गरेसँगै नेपालमै अन्तर्राष्ट्रिय माउन्टेन लिडर उत्पादन गर्ने अवसर खुलेको छ । हाल नेपालमै ४७ जनाभन्दा बढी अन्तर्राष्ट्रिय माउन्टेन लिडर उत्पादन भइसकेका छन् भने थप प्रशिक्षार्थी अन्तिम परीक्षाको तयारीमा छन् । यद्यपि, अन्तर्राष्ट्रिय मान्यता प्राप्त दक्ष जनशक्ति उत्पादन हुन थाले पनि नेपालमा उनीहरूको व्यावसायिक पहिचान र कार्यक्षेत्रलाई कानुनी रूपमा व्यवस्थित गर्न नसकिएको मगरको गुनासो छ । सरकारले ट्रेकिङ गाइड, सांस्कृतिक गाइड तथा भरिया गाइडका लागि लाइसेन्सको व्यवस्था गरे पनि अन्तर्राष्ट्रियस्तरको तालिम र प्रमाणपत्र प्राप्त माउन्टेन लिडरलाई भने अझै कानुनी मान्यता दिन नसकेको उहाँको भनाइ छ । मगरले २०३५ सालको ऐनमा उल्लेख गरिएको ‘सरदार’ शब्दलाई समयअनुकूल परिमार्जन गरी माउन्टेन लिडरको स्पष्ट पहिचान, जिम्मेवारी र कार्यक्षेत्र निर्धारण गर्नुपर्ने माग गर्नुभएको छ । अन्तर्राष्ट्रिय संस्थाबाट प्रमाणित भएर काम गर्ने अनुमति पाएका जनशक्तिलाई आफ्नै देशमा समेत आवश्यक मान्यता र परिचयपत्र उपलब्ध गराउनुपर्ने उहाँको जोड छ । सरकारले पर्वतीय पथप्रदर्शकको न्यूनतम पारिश्रमिक निर्धारण नगर्दा यस क्षेत्रमा अस्वस्थ प्रतिस्पर्धा बढेको उहाँको अनुभव छ । बजारमा दैनिक एक हजार पाँच सयदेखि दुई हजार रुपैयाँसम्ममा समेत गाइडिङ गर्नुपर्ने अवस्था रहेको उहाँ बताउनुहुन्छ ।

तर, फ्रान्सेली भाषामा समेत दक्षता हासिल गर्नुभएका मगरले युरोपमा काम गर्दा प्रतिदिन दुई सयदेखि दुई सय ५० युरोसम्म पारिश्रमिक पाउने गर्नुभएको छ । पर्वतीय पर्यटनमा संलग्न गाइड तथा अन्य श्रमिकको सामाजिक सुरक्षा सुनिश्चित गर्नुपर्नेमा पनि उहाँले जोड दिनुभएको छ । यस क्षेत्रमा काम गर्ने जनशक्तिको सीप र दक्षताअनुसार पारिश्रमिक तथा सुरक्षाको व्यवस्था गर्न सके नेपालको पर्वतीय पर्यटन थप व्यवस्थित र व्यावसायिक बन्ने उहाँको विश्वास छ । त्यस्तै, नेपालमै प्रभावकारी पर्वतीय उद्धार संयन्त्र विकास गर्न सकिने उहाँको सुझाव छ । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका रिजर्भ जनशक्तिमध्ये एक सयदेखि तीन सय जनालाई विशेष पर्वतीय उद्धार तालिम दिन सके उच्च हिमाली क्षेत्रमा हुने दुर्घटना तथा विपद्का समयमा तत्काल उद्धार गर्न सकिने उहाँ बताउनुहुन्छ । राज्यले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्सी(टीईभीटी) र विश्वविद्यालयमार्फत यस्ता तालिम सञ्चालनमा लगानी गर्नुपर्ने उहाँको धारणा छ ।

लामो समय, मेहनत र ठूलो आर्थिक लगानीपछि अन्तर्राष्ट्रियस्तरको दक्षता हासिल गरेका माउन्टेन लिडरलाई राज्यले उचित पहिचान दिन नसकेको मगरको गुनासो छ । अन्तर्राष्ट्रियस्तरमा नेपालको नाम चिनाउने यस्ता जनशक्तिको सीपलाई उपयोग गर्न सके पर्वतीय पर्यटनको गुणस्तर अभिवृद्धि हुनुका साथै देशभित्रै दक्ष जनशक्ति उत्पादन र रोजगारीका अवसरसमेत विस्तार हुने देखिन्छ । नेपालको हिमाली पर्यटनलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार विकास गर्ने लक्ष्य लिइरहँदा त्यसका लागि आवश्यक दक्ष जनशक्तिको पहिचान, कानुनी मान्यता, पारिश्रमिक र सामाजिक सुरक्षाको व्यवस्था गर्नु राज्यको चुनौतीका रूपमा देखिएको छ । विश्वस्तरमा प्रमाणित माउन्टेन लिडर उत्पादन गर्न सफल नेपालले अब आफ्नै देशमा उनीहरूको व्यावसायिक पहिचान र अधिकार सुनिश्चित गर्नुपर्ने आवश्यकता देखिएको छ ।

Previous Post

सोलुखुम्बुमा हिमपातका कारण अलपत्र विदेशी पर्यटकको सकुशल उद्धार

Related Posts

सोलुखुम्बुमा हिमपातका कारण अलपत्र विदेशी पर्यटकको सकुशल उद्धार

सोलुखुम्बुमा हिमपातका कारण अलपत्र विदेशी पर्यटकको सकुशल उद्धार

November 16, 2026
0
सोलुमा ज्यान मार्ने उद्योगमा संलग्न दुई जना पक्राउ

सोलुमा ज्यान मार्ने उद्योगमा संलग्न दुई जना पक्राउ

November 15, 2026
0
३ लाख ३३ हजार प्रथम पुरस्कार राशिको सुनकोशी कप हुँदै

३ लाख ३३ हजार प्रथम पुरस्कार राशिको सुनकोशी कप हुँदै

November 15, 2026
0
लुक्लामा पर्यटक आगमन बढ्यो, दैनिक करिब ४०० उडान

लुक्लामा पर्यटक आगमन बढ्यो, दैनिक करिब ४०० उडान

November 15, 2026
0

Discussion about this post

Everest Highlights

भरियाबाट नेपालको पहिलो अन्तर्राष्ट्रिय माउन्टेन लिडरसम्म सोलुका कृष्णकुमार मगरको यात्रा

भरियाबाट नेपालको पहिलो अन्तर्राष्ट्रिय माउन्टेन लिडरसम्म सोलुका कृष्णकुमार मगरको यात्रा

November 16, 2026
सोलुखुम्बुमा हिमपातका कारण अलपत्र विदेशी पर्यटकको सकुशल उद्धार

सोलुखुम्बुमा हिमपातका कारण अलपत्र विदेशी पर्यटकको सकुशल उद्धार

November 16, 2026
सोलुमा ज्यान मार्ने उद्योगमा संलग्न दुई जना पक्राउ

सोलुमा ज्यान मार्ने उद्योगमा संलग्न दुई जना पक्राउ

November 15, 2026
३ लाख ३३ हजार प्रथम पुरस्कार राशिको सुनकोशी कप हुँदै

३ लाख ३३ हजार प्रथम पुरस्कार राशिको सुनकोशी कप हुँदै

November 15, 2026
लुक्लामा पर्यटक आगमन बढ्यो, दैनिक करिब ४०० उडान

लुक्लामा पर्यटक आगमन बढ्यो, दैनिक करिब ४०० उडान

November 15, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
भरियाबाट नेपालको पहिलो अन्तर्राष्ट्रिय माउन्टेन लिडरसम्म सोलुका कृष्णकुमार मगरको यात्रा

भरियाबाट नेपालको पहिलो अन्तर्राष्ट्रिय माउन्टेन लिडरसम्म सोलुका कृष्णकुमार मगरको यात्रा

November 16, 2026
सोलुखुम्बुमा हिमपातका कारण अलपत्र विदेशी पर्यटकको सकुशल उद्धार

सोलुखुम्बुमा हिमपातका कारण अलपत्र विदेशी पर्यटकको सकुशल उद्धार

November 16, 2026
सोलुमा ज्यान मार्ने उद्योगमा संलग्न दुई जना पक्राउ

सोलुमा ज्यान मार्ने उद्योगमा संलग्न दुई जना पक्राउ

November 15, 2026
No Result
View All Result

November 2026
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
2930  
« Oct    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly