कातिक ३०, सोलुखुम्बु । सोलुखुम्बुको खुम्बुपासाङल्हामु गाउँपालिका–४ स्थित आमादब्लम बेसक्याम्पबाट दिङ्बोचे फर्कने क्रममा बाटो बिराएर अलपत्र परेका एक स्पेनी नागरिकको सकुशल उद्धार गरिएको छ ।
आइतबार साँझ करिब ७ बजे रातको समय र हिमपातका कारण बनाना लेक भन्ने स्थानमा बाटो बिराएर अलपत्र परेको सूचना प्राप्त भएपछि प्रहरी चौकी दिङ्बोचेबाट प्रहरी टोली खोज तथा उद्धारका लागि खटिएको थियो । प्रहरी टोलीले खोजतलास गर्ने क्रममा साँझ ८ बजेर ४० मिनेटमा ती स्पेनी नागरिकलाई सकुशल फेला पारी उद्धार गरेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।










Discussion about this post