Wednesday, November 25, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुखुम्बुमा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु, जिल्लाभर तीन वर्षमा ८६ उजुरी

Radio Everest by Radio Everest
November 25, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

सबिना राई, मंसिर ९, सोलुखुम्बु । सोलुखुम्बुमा पछिल्ला तीन आर्थिक वर्षमा लैङ्गिक हिंसासम्बन्धी ८६ वटा उजुरी दर्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८०/८१ देखि २०८२/८३ सम्म जिल्लाभर उक्त सङ्ख्यामा उजुरी दर्ता भएका हुन्। जिल्लामा लैङ्गिक हिंसाका घटना न्यूनीकरण, पीडितको संरक्षण तथा न्यायमा पहुँच अभिवृद्धि गर्ने उद्देश्यले बुधबारदेखि १६ दिने अभियानसमेत सुरु गरिएको छ। सोलुदूधकुण्ड नगरपालिकाको आयोजनामा नगरपालिकामा आयोजित कार्यक्रममार्फत अभियानको शुभारम्भ गरिएको हो।

प्रहरी नायब उपरीक्षक नवीन राजा बुढाथोकीका अनुसार आर्थिक वर्ष २०८०/८१ मा ३९, २०८१/८२ मा २१ र २०८२/८३ मा २६ वटा उजुरी दर्ता भएका छन्। आर्थिक वर्ष २०८०/८१ मा घरेलु हिंसाका १७, जबरजस्ती करणीका १५, जबरजस्ती करणी उद्योगका तीन र यौन दुव्र्यवहारका तीनवटा उजुरी परेका थिए। त्यसैगरी, आर्थिक वर्ष २०८१/८२ मा घरेलु हिंसाका दुई, जबरजस्ती करणीका ११, जबरजस्ती करणी उद्योगका चार, यौन दुव्र्यवहारका दुई र बहुविवाहका दुईवटा उजुरी दर्ता भएका थिए।

आर्थिक वर्ष २०८२/८३ मा घरेलु हिंसाका दुई, जबरजस्ती करणीका १३, जबरजस्ती करणी उद्योगका छ, यौन दुव्र्यवहारका दुई र बहुविवाहका तीनवटा उजुरी प्रहरीमा दर्ता भएका छन्। यसैबीच, लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता, पीडितको संरक्षण, दण्डहीनताको अन्त्य र न्यायको सुनिश्चितता भन्ने मूल नारासहित सोलुदूधकुण्ड नगरपालिकामा १६ दिने अभियानको शुभारम्भ गरिएको हो।

नगरपालिकाको आयोजना तथा अन्तरपार्टी महिला सञ्जाल, महिला मानव अधिकार रक्षकहरूको जिल्ला सञ्जाल र घरेलु तथा लैङ्गिक हिंसा प्रभावितका लागि जिल्ला सेवा केन्द्रको समन्वयमा आयोजित कार्यक्रममा विभिन्न जनचेतनामूलक गतिविधि सञ्चालन गरिएको महिला तथा बालबालिका शाखा प्रमुख रीता ढुङ्गानाले जानकारी दिनुभयो। कार्यक्रममा नगरपालिकाकी उपप्रमुख गान्धिमाया तामाङले लैङ्गिक हिंसा न्यूनीकरणका लागि नगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले हिंसा न्यूनीकरणका लागि प्रभावकारी कार्यक्रम सञ्चालन गरिने उल्लेख गर्नुभयो।

त्यसैगरी, प्रमुख जिल्ला अधिकारी कमानसिं थापा मगरले १६ दिने अभियानलाई औपचारिकतामा मात्र सीमित नगरी वर्षभरि नै प्रभावकारी कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभयो। हिंसाविरुद्धको अभियानलाई निरन्तरता दिन सबै सरोकारवाला निकायले हातेमालो गर्नुपर्ने उहाँको भनाइ थियो। कार्यक्रममा विभिन्न सरकारी तथा गैरसरकारी सङ्घसंस्थाका प्रतिनिधि तथा सरोकारवालाहरूको उपस्थिती रहेको थियो।

Previous Post

सोलुखुम्बुमा रेड पाण्डा म्याराथन हुँदै, अभिनेता दयाहाङ राई पनि सहभागी हुने

Related Posts

सोलुखुम्बुमा रेड पाण्डा म्याराथन हुँदै, अभिनेता दयाहाङ राई पनि सहभागी हुने

सोलुखुम्बुमा रेड पाण्डा म्याराथन हुँदै, अभिनेता दयाहाङ राई पनि सहभागी हुने

November 25, 2026
0
विपद्मा रसुवालाई साथ दिने सोलुखुम्बुको प्रतिबद्धता, पर्यटन र कृषिमा नयाँ ढङ्गले काम गर्नुपर्नेमा जोड

विपद्मा रसुवालाई साथ दिने सोलुखुम्बुको प्रतिबद्धता, पर्यटन र कृषिमा नयाँ ढङ्गले काम गर्नुपर्नेमा जोड

November 24, 2026
0
रसुवा बाढीपीडितको स्थायी पुनःस्थापनामा सङ्घीय सरकार उदासीन : महासङ्घ महासचिव घिमिरे

रसुवा बाढीपीडितको स्थायी पुनःस्थापनामा सङ्घीय सरकार उदासीन : महासङ्घ महासचिव घिमिरे

November 24, 2026
0
सोलुखुम्बुका दुई गाउँपालिकाले पाए भूमिहीन समस्यामुक्त पालिकाको मान्यता

सोलुखुम्बुका दुई गाउँपालिकाले पाए भूमिहीन समस्यामुक्त पालिकाको मान्यता

November 24, 2026
0

Discussion about this post

Everest Highlights

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बुमा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु, जिल्लाभर तीन वर्षमा ८६ उजुरी

सोलुखुम्बुमा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु, जिल्लाभर तीन वर्षमा ८६ उजुरी

November 25, 2026
सोलुखुम्बुमा रेड पाण्डा म्याराथन हुँदै, अभिनेता दयाहाङ राई पनि सहभागी हुने

सोलुखुम्बुमा रेड पाण्डा म्याराथन हुँदै, अभिनेता दयाहाङ राई पनि सहभागी हुने

November 25, 2026
विपद्मा रसुवालाई साथ दिने सोलुखुम्बुको प्रतिबद्धता, पर्यटन र कृषिमा नयाँ ढङ्गले काम गर्नुपर्नेमा जोड

विपद्मा रसुवालाई साथ दिने सोलुखुम्बुको प्रतिबद्धता, पर्यटन र कृषिमा नयाँ ढङ्गले काम गर्नुपर्नेमा जोड

November 24, 2026
No Result
View All Result

November 2026
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
2930  
« Oct    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly