मंसिर १०, सोलुखुम्बु । स्थानीय नेपाली बजारमा सुन तथा चाँदीको मूल्यमा वृद्धि भएको छ। बिहीबार छापावाल सुनको मूल्य प्रतितोला १ हजार ४ सय रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला २ लाख ४२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ।
यसअघि बुधबार सुनको मूल्य प्रतितोला २ लाख ४१ हजार ४ सय रुपैयाँ कायम थियो। त्यस्तै, चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। बिहीबार चाँदी प्रतितोला ३ हजार ७५ रुपैयाँ पुगेको छ। अघिल्लो दिन बुधबार चाँदी प्रतितोला ३ हजार ४० रुपैयाँमा कारोबार भएको थियो। यससँगै एकै दिनमा सुनसँगै चाँदीको मूल्यसमेत बढेको छ।











Discussion about this post