मंसिर ११, सोलुखुम्बु । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपहिरोमा परी बेपत्ता भएका सोलुदुधकुण्ड नगरपालिकाका २३ जनाका परिवार तथा आफन्तजनलाई आर्थिक सहयोग प्रदान गरिएको छ ।
२०८३ साल भदौ १० गते आएको बाढीपहिरोबाट प्रभावित परिवारलाई राहतस्वरूप हिमालयन केयर फाउन्डेसनले शुक्रबार प्रतिव्यक्ति २५ हजार रुपैयाँका दरले आर्थिक सहयोग उपलब्ध गराएको हो । फाउन्डेसनले बेपत्ता भएका २३ जनाका परिवार तथा आफन्तजनलाई कुल ५ लाख ७५ हजार रुपैयाँ सहयोग प्रदान गरेको छ ।
सोलुदुधकुण्ड नगरपालिका–७ का वडाध्यक्ष सोनाम ग्याल्जेन शेर्पाका अनुसार नगरपालिकाका विभिन्न वडाका प्रभावित परिवारलाई सहयोग उपलब्ध गराइएको हो । यसैबीच, वडा नम्बर १, ५ र ६ का सम्बन्धित परिवार तथा आफन्तजन अझै सम्पर्कमा आउन बाँकी रहेकाले वडाध्यक्ष शेर्पाले उनीहरूलाई सम्पर्कमा आउन आग्रह गर्नुभएको छ ।










Discussion about this post