मंसिर ११,सोलुखुम्बु। सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–१ टाक्सिन्दुस्थित टाक्सिन्दु माध्यमिक विद्यालयका २०७ जना विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई विद्यालय पोसाक र न्यानो ज्याकेट वितरण गरिएको छ ।
Himalayan Diamond Foundation Austria and Nepal ले मङ्गलबार विद्यालयमा आयोजित एक कार्यक्रमका बीच १८५ जना विद्यार्थी र २२ जना शिक्षक तथा कर्मचारीलाई विद्यालय पोसाक र न्यानो ज्याकेट वितरण गरेको हो ।
फाउन्डेसनका नेपाल निर्देशक चन्द्रशोर राई र कोषाध्यक्ष सागर राईको आर्थिक सहयोगमा उक्त सामग्री वितरण गरिएको विद्यालयले जनाएको छ । यसअघि पनि फाउन्डेसनले विद्यालयका विद्यार्थीलाई पोसाक वितरण गर्दै आएको थियो ।
वडा नं. १ का वडाध्यक्ष छोङ्बा शेर्पाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, शिक्षक–अभिभावक सङ्घका पदाधिकारी तथा अभिभावकको उपस्थिति थियो ।कार्यक्रममा फाउन्डेसनका निर्देशक राईले यसै वर्षभित्र विद्यालयको घेराबार निर्माण गरिदिने प्रतिबद्धतासमेत व्यक्त गर्नुभएको विद्यालयका शिक्षक तथा सूचना अधिकारी शक्ति कुलुङले जानकारी दिनुभयो ।विद्यालयका विद्यार्थी तथा शिक्षक कर्मचारीलाई पोसाक र न्यानो ज्याकेट वितरणले पठनपाठनमा सहजता ल्याउनुका साथै चिसो मौसममा राहत पुग्ने अपेक्षा गरिएको छ ।










Discussion about this post