मंसिर १३, सोलुखुम्बु । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सोलुखुम्बु–काठमाडौं सम्पर्क विभाग गठन गरेको छ। काठमाडौंमा आज आयोजित संगठन विस्तार कार्यक्रमबाट ङिमा नुर्बु लामाको सभापतित्वमा विभागको नयाँ नेतृत्व चयन गरिएको हो।
काठमाडौंमा बसोबास गर्दै आएका सोलुखुम्बुवासी तथा पार्टीमा आबद्ध नेता, कार्यकर्ता र शुभेच्छुकलाई संगठित गर्ने उद्देश्यले विभाग गठन गरिएको जनाइएको छ। विभागले काठमाडौंमा रहेका सोलुखुम्बुवासीबीच आपसी समन्वय, सहकार्य र एकता कायम गर्दै पार्टीको संगठन विस्तार तथा सुदृढीकरणमा भूमिका खेल्ने अपेक्षा गरिएको छ।
कार्यक्रममा संगठनलाई थप व्यवस्थित, जिम्मेवार र जनमुखी बनाउँदै पार्टीका गतिविधिमा सक्रिय सहभागिता अभिवृद्धि गर्नुपर्नेमा जोड दिइएको थियो। नवनिर्वाचित सभापति लामा लगायत सम्पूर्ण पदाधिकारी तथा सदस्यलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै संगठनलाई प्रभावकारी रूपमा अघि बढाउन सबैको सहकार्य आवश्यक रहेको बताइएको छ।
कार्यक्रममा उपस्थित अतिथि, नेता, कार्यकर्ता, सदस्य तथा शुभेच्छुकले विभाग गठनले काठमाडौंमा रहेका सोलुखुम्बुवासीलाई एउटै संगठनात्मक संरचनामा जोड्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए।










Discussion about this post