साउन ९, सोलुखुम्बु । नेचासल्यान गाउँपालिका वडा नं १ फेदीका ब्लड क्यान्सर पीडितका परिवारले सहयोगका लागि अपिल गरेका छन् । काठमाडौ स्थित वीर अस्पतालमा उपचारत फेदी निवासी ६१ वर्षीय टोपकुमारी ढुङ्गानाका परिवारले सहयोगका लागि अपिल गरेका हुन् ।
विगत १ बर्ष देखि रक्त क्यासरबाट पीडित ढुङ्गानाको उपचार महँगो र लामो समयसम्म उपचार गर्नुपर्ने भएकाले पारिवारिक स्रोतबाट मात्र सम्भव नहुने भन्दै सहयोगका लागि अपिल गर्नुभएको हो ।
उहाँलाई सहयोग गर्न चाहने महानुभावले राष्ट्रिय वाणिज्य बैंक, सल्लेरीको खाता नंं।२०२०१०००१८२६६०१० मा रकम जम्मा गर्न समाजसेवी द्रोण बास्तोलाले अनुरोध गर्नु भएको छ । पिडित परिवारको घाउँमा मलम पुग्ने हेतुले सोलुुखुम्बुमा आजबाट १४ गते सम्म सहयोग अभियान सुरु गरिएको समाजसेवी बास्तोलाले रेडियो एभरेष्टलाई जानकारी दिनुभयो ।
Discussion about this post