साउन ९, सोलुखुम्बु । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले पछिल्लो एक वर्षमा ३२ जना फरार अभियुक्तलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक एवंम सूचना अधिकारी लक्ष्मण गिरीका अनुसार ३२ जना फरार प्रतिवादी पक्राउ गरी फैसला कार्यान्वयनका लागि जिल्ला अदालत पेस गरिएको हो ।
विभिन्न मुद्दामा फरार रहेकाको खोजीसँगै फैसला कार्यान्वयनका लागि प्रहरीले प्राथमिकतामा दिँदै आएको कार्कीले बताउनुभएको छ । त्यही अन्तर्गत फरार आरोपीलाई पक्राउ गर्ने गरिएको उहाँको भनाई छ । यस्तै आर्थिक वर्ष ०८०/८१ मा एक सय ५५ वटा मुद्दा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुमा दर्ता भएका छन् ।
प्रहरी कार्यालयबाट अझै १ सय ७ वटा मुद्दाहरु अनुसन्धानको क्रममा रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी प्रमुख एवंम प्रहरी नायव उपरीक्षक द्वारीका प्रसाद घिमिरेले जानकरी दिनुभयो ।
Discussion about this post