साउन २० सोलुखुम्बु । नेपाल विद्यार्थी सङ्घ सोलुखुम्बुले पिके माध्यमिक विद्यालयमा इकाई समिति गठन गरेको छ । नेविसङ्घ सोलुखुम्बुको सङ्गठन विस्तार अभियान अन्तर्गत आज उक्त विद्यालयमा ३३ सदस्यीय इकाई समिति गठन गरिएको हो ।
नेविसङ्घ सोलुखुम्बु जिल्ला कार्य समितिका कार्यवाहक अध्यक्ष मोहन कृष्ण निरौलाले विद्यालयमै पुगेर मनिला तामाङको अध्यक्षतामा ३३ सदस्यीय इकाई समिति गठन गरिएको जानकारी दिनुभयो । विद्यार्थीको हक हित संरक्षणका लागी उनिहरुलाई सङ्गठित बनाउन जरुरी रहेको भन्दै उहाँले विद्यालय तहमा पनि इकाई समिति गठन गरिएको बताउनुभयो ।
Discussion about this post