साउन २१, सोलुखुम्बु । सोलुखुम्बुको महाकुलुङ गाउँपालिकामा विश्व स्तनपान सप्ताह मनाइएको छ । महाकुलुङ गाउँपालिका स्वास्थ्य शाखा तथा महाकुलुङ प्राथमिक अस्पतालको आयोजनामा विश्व स्तनपान सप्ताह मनाइएको हो ।
आमाको दूधमा पाइने तत्वले शिशुलाई रोगसँग लड्ने क्षमता वृद्धि हुने सामाजिक विकास तथा स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक हरि प्रसाद आचार्यले जानकारी दिनुभयो । यस बर्ष ‘स्तनपानमा समानता सबैको सहयोग र सहभागिता’ भन्ने मुल नाराका साथ स्तनपान सप्ताह कार्यक्रम मनाइएको छ । कार्यक्रममा स्तनपानको महत्व र फाइदाबारे जनचेतनामूलक कार्यक्रमहरु गरी मनाईएको छ ।
स्तनपानले बालबालिकामा लाग्ने रोग प्रतिरोधात्मक क्षमता बढ्नुका साथै पुड्कोपना, कुपोषण, होचोपना लगायतका रोगबाट बचाउने गर्दछ । स्तनपानले शिशुलाई स्वास्थ्य वृद्धि विकास, सम्पूर्ण आहारा, पानीको स्रोतका रूपमा आमाको दूध रहेको छ । आमाको दूधमा पाइने तत्वले शिशुलाई रोगसँग लड्ने क्षमता वृद्धि हुने जनस्वास्थ्य निरिक्षक आचार्यको भनाई छ ।
स्तनपान सबैभन्दा पुरानो र पहिलो खोप रहेको र शिशु जन्मेको १ घण्टा भित्रदेखि ६ महिनासम्म स्तनपान मात्रै गर्नु राम्रो हुने भएकाले यसलाई जनचेतनामूलक तरिकाले प्रचार प्रसार गरिएको बताइएको छ।
साथै शिशु र आमाबीचको भावनात्मक सम्बन्धलाई बढाउन, शिशुको स्वास्थ्य प्रवद्र्धन गर्न समेत स्तनपानले सहयोग पुग्ने आमाहरुको भनाइ छ। पालिका भित्र विगतका वर्ष भन्दा हाल स्तनपान गर्नेहरुको संख्यामा वृद्वि हुदैँ गएको सामाजिक विकास तथा स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक हरि प्रसाद आचार्यले उल्लेख गर्नुभयो ।
Discussion about this post