साउन २३, सोलुखुम्बु । आज सुनचाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज सुनको भाउ एक हजार चार सय रुपैयाँले घटेर तोलाको एक लाख ४६ हजार तीन सय रुपैयाँ कायम भएको छ । हिजो पनि सुनको भाउ तोलामा दुई हजार तीन सय रुपैयाँले घटेको थियो ।
अस्ति सोमवार तोलाको एक लाख ५० हजार रुपैयाँ पुग्दा सुनको भाउले रेकर्ड बनाएको थियो । आज चाँदीको भाउ १५ रुपैयाँले घटेर तोलाको एक हजार सात सय १० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
Discussion about this post