साउन २३, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ११ साल्मे स्थित ओखलढुगां सिद्धिचरण राजमार्ग सडक एकतर्फी सञ्चालनमा आएको छ । गएरातीदेखि परेको वर्षाले अबरुद्ध बनेको सल्लेरी ओखलढुगां सिद्धिचरण राजमार्ग सडक एकतर्फी सञ्चालनमा आएको हो ।
अहिले पुर्ण रुपमा पहिरो हटाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी प्रमुख एवंम प्रहरी नायव उपरीक्षक द्धारीका प्रसाद घिमिरेले जानकारी दिनुभयो ।
Discussion about this post