साउन २५, सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा ३० जना डेँगुका सङ्क्रमित फेला परेका छन् । वर्षायामको समय चलिरहँदा सोलुखुम्बुका विभिन्न स्थानमा हाल सम्म ३० जना डेंगुका बिरामी फेला परेको जनाइएको छ । हाल सम्म भेटिएका संक्रमित मध्ये सबैभन्दा त्रधेरै सोताङमा भेटिएका छन् ।
सोताङमा मात्रै २७ जना डेंगुका बिरामी फेला परेका हुन् । स्वास्थ्य कार्यालय सोलुखुम्बुका अनुसार सोताङमा २७ जना जिल्ला अस्पतालमा गरिएको परीक्षणमा २ जना र नेचासल्यान गाउँपालिकामा २ जना गरि जम्मा ३० जना डेङ्गी सङ्क्रमित भेटिएको स्वास्थ्य कार्यालय सोलुखुम्बुका महामारी फोकल पर्सन अशोक सिवाकोटीले जानकारी दिनुभयो ।
कुनै ट्राभल हिस्ट्री समेत नभएका व्यक्तिहरूमा सङ्क्रमण देखिएको उहाँको भनाई छ । एडिस एजेप्टाई नामको लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गी अहिले वर्षात र गर्मीका कारण बढिरहेको जनाइएको छ । यसबाट बच्नको लागी पानी जम्ने स्थान पुर्नु र यसका लार्भा नस्ट गर्नुनै मुख्य सावधानी भएकाले सचेत रहन स्वास्थ्य कार्यालयको अनुरोध छ ।
Discussion about this post