साउन २५, सोलुखुम्बु । आज नागपञ्चमी पर्व हिमाली जिल्ला सोलुखुम्बुमा पनि मनाइएको छ । श्रावण शुक्ल पक्षको पञ्चमीका दिन पर्ने यो पर्व आज जिल्लास्थित हिन्दु तथा बौद्ध धर्मावलम्बीहरुले मनाएका छन । सर्पको विशेष पुजा गरेर मनाइने यो पर्वका अवसरमा आज सदरमुकाम सल्लेरी सहितका स्थानीयहरुले घरघरको दैलोमा नाग टाँसेर त्यसको पुजा आजा गर्दै मनाएका हुन । उनिहरुले घरघरमा आएका पण्डित ता पुरोहितहरूबाट नागको पुजा विधि गरि विधिपूर्वक नागपञ्चमी मनाइएको स्थानीहरू बताउँछन । सल्लेरीका घरघरमा नागको प्रतिमा टास्न पण्डी तथा पुरोहितहरू आएका थिए । उनीहरूले प्रत्येक घरघरमा पुगेर दैलोमा नागको प्रतिमा स्थापना गरेकाछन ।
आजको दिन नागको पुजा अर्चना गरे नाग दोषबाट मुक्तहुने, घरमा बाढीपहिरो, चट्याङ जस्ता विपद्हरूको समस्या बचाउने जनविश्वास का कारण नागपञ्चमी विशेष महत्वमा पर्ने बताइन्छ ।
बैदिक दर्शनका अनुसार नाग १२ खालका हुन्छन् । जसमा अनन्त, वासुकी, शेष, पद्यमा, कम्बल, कार कोटाका, अश्भतरा, धृतराष्ट्र, शङ्कपला, कालिया, तक्षका र पिङ्गला पर्दछन् र यी सम्पूर्णको लागी आजकै दिन पूजा अर्चना गरिन्छ ।
नाग स्तुती मन्त्र
अगस्त्यश्च पुलस्त्यश्च वैशम्पायन एव च ।
सुमन्तुजैमिनिश्चैव पञ्चैते वज्रवारकाः ।।१।।
मुनेः कल्याणमित्रस्य जैमिनेश्चापि कीर्तनात् ।
विद्युदग्निभयं नास्ति लिखितं गृहमण्डल ।।२।।
अनन्तो वासुकिः पद्मो महापद्ममश्च तक्षकः ।
कुलीरः कर्कटः शङ्खश्चाष्टौ नागाः प्रकीर्तिताः ।।३।।
यत्राहिशायी भगवान् यत्रास्ते हरिरीश्वरः ।
भङ्गो भवति वज्रस्य तत्र शूलस्य का कथा ।।४।।
।। इति श्रीनागस्तोत्रम् सम्पूर्णम् ।।
Discussion about this post