Tuesday, July 21, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

ऐसेलुखर्कमा लाखे नाच सुरु (फोटोफिचर)

Radio Everest by Radio Everest
August 9, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

साउन २५, सोलुखुम्बु । स्थानीय संस्कृति संरक्षण, प्रवर्द्धन र पुस्तान्तरण गर्ने उद्देश्यले ऐसेलुखर्कका युवाको सक्रियतामा परम्परागत लाखे नाच सुरु भएको छ । रीतिरिवाज, भेषभूषा र संस्कृति जोगाउन युवाको सक्रियता बढेको हो ।

नागपञ्चमीका दिनदेखि सुरु हुने लाखे नाच ऐसेलुखर्कमा पनि विधिवत् रुपमा सुरु भएको लाखे जात्रा २०८१ का प्रचार प्रसार संयोजक चेतनारायण राजभण्डारीले जानकारी दिनुभयो । प्रत्येक वर्ष निकालिने लाखे नाच यस वर्ष पनि मठमन्दिर तथा मुलधाराको सरसफाई तथा पूजाअर्चना गरी लाखे नाच सुरु गरिएको छ । केही ठाउँमा गठे मङ्गलदेखि नाच सुरु भएपनि ऐसेलुखर्कमा नागपञ्चमीदेखि नचाउने प्रचलन रहेको जनाईएको छ ।

स्थानीय युवाको पहलमा परम्परादेखि चल्दै आएको संस्कृतिको संरक्षण र प्रवर्द्धनमा लागिएको उहाँले उल्लेख गर्नुभयो । नागेश्वर मन्दिर तथा मुलधाराको सरसफाई गरीका साथै लाखे नाच शुभारम्भ गरिएको जनाईएको छ । जनैपुर्णिमाका दिन पिङ डाँडाँमा नामाकरण लाखे चोकको स्थापना समेत गरिने भएको छ । लाखे नाच खोटाङको दिक्तेलबजार सहित खोटाङबजार, चिसापानी, लफ्याङ, खाल्ले, सोल्मा, जालपा, निर्मलीडाँडा, बुईपा, अर्खौले, सल्ले, खार्मी,बाक्सिला लगायतका स्थानहरुमा मनाईन्छ ।

राक्षसको स्वरुप भएको मुखुन्डो पहिरिएर बालबालिकाहरुको रक्षाका लागि र दुष्ट आत्माहरुलाई खेद्न लाखे नाच मनाउने गरिन्छ । नेवार समुदायमा विभिन्न प्रकारका नाचहरू नाचिन्छन । यसरी नाचिने नाचहरूमा प्राय देवीदेवतासँग जोडिएको हुन्छ । यीमध्ये लाखे नाच धेरै रोचक हुन्छ ।

नेवारबाहेक अन्य समुदाय र पर्यटकहरूका लागि लाखे नाच नौलो रोचक हुन्छ । नेवारी संस्कृति, चाडवाड र जात्रा पर्वको एउटा अभिन्न अंगको रूपमा रहेको लाखे नाचको आकर्षणले गर्दा लाखे नाच नाचिने समयमा नेपाल आउने विदेशी पर्यटकहरूले पनि रमाइलो मानी हेर्छन् । कतिपय पर्यटकहरू लाखे नाच हेर्नकै लागि भनेर पनि नेपाल आउने गरेका छन् । ठूल–ठूला आँखा, दाह्रा निस्केको डरलाग्दो रूप भएको, कम्मरसम्म लट्किएको लामो लट्टासहितको हेर्दै डर लाग्ने ख्वापा मुखौटा लगाएर बाजाको तालमा नाचिने लाखे नाचले पर्यटकहरू अचम्म मान्दछन् ।

नेवारी संस्कृतिसँग जोडिएको यो संस्कृतिको बारेमा रूचिका साथ खोज गर्दछन् । लाखे नाच विशेष गरेर धाः र भुस्याः बाजा बजाएर नचाइन्छ । खिं, पछिमा, नायिखं, धिमे बजाएर पनि लाखे नाच नचाइन्छ भने मादल र बाँसुरीको धुनमा पनि लाखे नाच नचाइन्छ । नेवारी लोकगीतको धुनमा बाँसुरी बजाएर लाखे नचाउँदा नाच हेर्ने दर्शकहरू मात्र होइन पर्यटकहरू पनि रमाइलो मान्छन् । लाखे नाचसँगै झ्यालिँचालाई पनि नचाइन्छ ।

कागज र प्लास्टिकको मुखौटो लगाएका झ्यालिँचा जोकरजस्तै भएर भेषभूषा पनि त्यस्तै लगाएर लाखेको नक्कल गर्दै गिज्याउने गर्छ भने लाखेले झ्यालिँचालाई लखेट्ने गर्छ । झ्यालिँचा चाहिँ दर्शकहरूको समूहभित्र छिर्दैै लाखेलाई हायल कायल पार्दै दर्शक र पर्यटकहरूलाई थप मनोरञ्जन दिइरहेको हुन्छ । नेवार जातिहरू संस्कृतिका धनी छन् । उनीहरू आफ्नो संस्कृतिमा रमाउँछन् । नेवारहरू उपत्यकाबाट विभिन्न जिल्लामा बसाइँ सर्दै जाँदा आपूmसँग भएका आफ्ना संस्कृति, रितिरिवाज, लवाइखवाइजस्ता आफ्ना पहिचान पनि सँगै लिएर गएका थिए ।

जुन कारणले नेवारी संस्कृतिमा हुने जात्रा, नाचगान, सांस्कृतिक रितिरिवाज उपत्यकाबाहेक अन्य स्थानमा पनि देख्न पाइन्छ । लाखे नाच नेवार समुदायले कुनै विशेष जात्रा अथवा पर्वको उपलक्ष्यमा लाखेको मुखुन्डो पहिरिएर गरिने परम्परागत नृत्य हो ।

तर आजभोलि लाखे नाच परम्परागत समय र सीमाभित्र सीमित छैन । यो सांस्कृतिक नाच आज देशका विभिन्न भागमा, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उत्सव तथा दिवसमा समेत प्रदर्शन गरिने सांस्कृतिक उत्सव बन्दै आएको छ । विभिन्न पर्यटकीय उत्सव तथा महोत्सवमा प्रमुख आकर्षणको रूपमा समेत लाखे नाच प्रस्तुत गरिन थालिएको छ ।

Previous Post

घर दैलोमा नाग टाँसेर मनाइयो नागपञ्चमी  

Next Post

यी ६ प्रदेशमा आज भारी वर्षाको सम्भावना

Related Posts

अब हरेक दिन एक जना नेपाली लखपति, महिनामा दुई जनालाई बम्परमा १०-१० लाख!

अब हरेक दिन एक जना नेपाली लखपति, महिनामा दुई जनालाई बम्परमा १०-१० लाख!

July 21, 2026
0
सोलुमा जबरजस्ती करणी उद्योगमा युवक पक्राउ

सोलुमा जबरजस्ती करणी उद्योगमा युवक पक्राउ

July 21, 2026
0
चालु आर्थिक वर्षको २ महिनामा २४ सय बढी पर्यटकले गरे सगरमाथा भ्रमण

जलवायु संकटबीच सगरमाथा रा.नि क्षेत्रमा पूर्वसूचना प्रणाली, संरक्षणमा योगदान गर्ने सम्मानित

July 20, 2026
0
नेचासल्यानमा महोत्सव हुँदै, १.५ लाख दर्शक भित्र्याउने लक्ष्य

पशुको कृतिम गर्भधान कार्यक्रम चलाउँदै नेचासल्यान, लाभ लिन किसानलाई आह्वान

July 20, 2026
0
Next Post
यी ६ प्रदेशमा आज भारी वर्षाको सम्भावना

यी ६ प्रदेशमा आज भारी वर्षाको सम्भावना

Discussion about this post

Everest Highlights

अब हरेक दिन एक जना नेपाली लखपति, महिनामा दुई जनालाई बम्परमा १०-१० लाख!

अब हरेक दिन एक जना नेपाली लखपति, महिनामा दुई जनालाई बम्परमा १०-१० लाख!

July 21, 2026
सोलुमा जबरजस्ती करणी उद्योगमा युवक पक्राउ

सोलुमा जबरजस्ती करणी उद्योगमा युवक पक्राउ

July 21, 2026
चालु आर्थिक वर्षको २ महिनामा २४ सय बढी पर्यटकले गरे सगरमाथा भ्रमण

जलवायु संकटबीच सगरमाथा रा.नि क्षेत्रमा पूर्वसूचना प्रणाली, संरक्षणमा योगदान गर्ने सम्मानित

July 20, 2026
नेचासल्यानमा महोत्सव हुँदै, १.५ लाख दर्शक भित्र्याउने लक्ष्य

पशुको कृतिम गर्भधान कार्यक्रम चलाउँदै नेचासल्यान, लाभ लिन किसानलाई आह्वान

July 20, 2026
चरिचरण हुने बाँझो डाँडाबाट गाउँपालिकाले फलायो साढे तीन टन आलु

चरिचरण हुने बाँझो डाँडाबाट गाउँपालिकाले फलायो साढे तीन टन आलु

July 19, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
अब हरेक दिन एक जना नेपाली लखपति, महिनामा दुई जनालाई बम्परमा १०-१० लाख!

अब हरेक दिन एक जना नेपाली लखपति, महिनामा दुई जनालाई बम्परमा १०-१० लाख!

July 21, 2026
सोलुमा जबरजस्ती करणी उद्योगमा युवक पक्राउ

सोलुमा जबरजस्ती करणी उद्योगमा युवक पक्राउ

July 21, 2026
चालु आर्थिक वर्षको २ महिनामा २४ सय बढी पर्यटकले गरे सगरमाथा भ्रमण

जलवायु संकटबीच सगरमाथा रा.नि क्षेत्रमा पूर्वसूचना प्रणाली, संरक्षणमा योगदान गर्ने सम्मानित

July 20, 2026
No Result
View All Result

July 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
« Jun    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly