साउन २६, सोलुखुम्बु । ओखलढुंगाका नागरिकले आउदो असोज १ गतेका दिन निशुल्क शल्यक्रिया सेवा पाउने भएका छन् । जिल्ला भित्रका रोगको पहिचान भई शल्यक्रिया गर्नुपर्ने नागरिकले काठमाण्डौँ मेडिकल कलेजमा एक दिन निशुल्क शल्यक्रिया सुबिधा पाउने भएका हुन् ।
नेपाली काँग्रेस ओखलढुंगाका जिल्ला सभापति तथा सिद्धिचरण नगरपालिका नगरप्रमुख तेजन खनालको अनुरोधमा काठमाण्डौँ मेडिकल कलेजमा निशुल्क शल्यक्रिया गर्ने नेपाली काँग्रेसका सभापति तथा सिद्धिचरण नगरपालिका प्रमुख तेजन खनालले जानकारी दिनुभयो ।
उहाँका अनुसार मेरो आग्रहमा सिद्धिचरण नगरपालिका तथा जिल्ला भित्रका बिपन्न,गरिब असहाय नागरिकहरुको रोगको स्पष्ट पहिचान भई शल्यक्रिया गर्नुपर्ने भएका व्यक्तिहरुको मात्र गर्ने बताउनु भयो । अस्पताल स्रोतका अनुसार नगरप्रमुख तेजन खनाल मार्फत सिफरिस गरेर अस्पतालमा जानुपर्ने बताएको छ ।
सिफारिस भएर अस्पताल आएका बिरामीहरुलाई २०८१ असोज १ गतेका दिन निःशुल्क शल्यक्रिया सेवा प्रवाह गर्ने अस्पतालका कार्यकारी अध्यक्ष सोइना शर्माले जानकारी दिनुभयो । अस्पतालका अनुसार बिरामीलाई चाहिने औषधी/औषधी जन्य सामाग्रीहरु बिरामी आफैले व्यवस्था गर्नुपर्ने अस्पतालले जनाएको छ ।
अस्पताल प्रशासन,प्रतिनिधि सभा सदस्य माननिय डा. सुनिल शर्मा र सिद्धिचरण नगरपालिका नगरप्रमुख तेजन खनाल बिच सम्झौता भई मिति तय भएको सहकर्मी धनकुमार ढुङ्गेलले जानकारी दिनुभयो । निशुल्क शल्यक्रियाको समन्वयका लागि नेपाली काग्रेसका जिल्ला सचिब अजय लुइटेल र सहसचिब भोजकुमार श्रेष्ठको उपस्थिति रहेको थियो ।
Discussion about this post