साउन २५, सोलुखुम्बु । काठमाडौंमा बसोबास गर्ने वडाबासीलाई लक्षित गरी सोलुखुम्बुको सोताङ गाउँपालिका वडा नम्बर २ ले शिवीर सञ्चालन गर्ने भएको छ । वडा कार्यालयले पेशा, व्यवसाय र कामको शिलशिलामा काठमाडौंमा बस्दै आएका वडाका नागरिकलाई राजधानीमै सेवा प्रदान गर्न लागेको हो ।
साउन २९ र ३० गते काठमाडौंमा शिविर राखेर वडाबाट प्रवाह हुने विभिन्न सेवा प्रदान गर्न लागेको वडा अध्यक्ष श्याम कुमार खालिङले जानकारी दिनुभयो । दुई दिने शिविरमा सामाजिक सुरक्षा भत्ता नविकरण साथै नयाँ भत्ता, जन्म दर्ता, मृत्यु दर्ता, विवाह दर्ता, बसाई सराई लगायत पञ्जिकरण सम्बन्धि सम्पूर्ण सेवाहरु प्रदान गरिने वडा अध्यक्ष खालिङको भनाई छ ।
नागरिकलाई सर्वसुलभ र सहज सेवा प्रवाहका लागि शिविर राखिएको वडाले जनाएको छ । शिविर ए वान क्याफे एण्ड पार्टि प्यालेस चाबाहिल काठ्माडौबाट सेवा प्रवाह गरिने जनाईएको छ ।
Discussion about this post