साउन ३२, साेलुखुम्बु । शुक्रबार दिउँसो थामेखोलाको बहावले गरेको उपद्रोले सोलुखुम्बुको तल्लो तटिय क्षेत्रलाई पनि गम्भीर असर गरिरहेको छ । सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका ५ स्थित थामेखोलामा शुक्रबार दिउँसो २ बजे एक्कासि आएको बाढीले थामे गाउँ सहितका क्षेत्र ढुवानमा पार्दै अहिले एक पुल समेत बगाएको छ । जिल्लाको माप्य दुधकोशी गाउँपालिका र खुम्बु पासाङ ल्हामु गाउँपालिकालाई जोड्ने ओर्लाङ घाट पुल भाचिएको छ । भिषण बाढीका कारण नदिले गरेको कटानका कारण भुल भाँचिएको माप्य जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । यस्तै सोही बाढीका कारण सोताङ र थुलुङ दुधकोशी गाउँपालिका जोड्ने दिप्लीघाटको पुरानो बेलिब्रिज निकालेर राखेकै ठाउँबाट बगाइदिएको जनाइएको छ । दुधकोशीमा एक्कासी बढेको जल सतहका कारण जिल्लाको तल्लो नदि तटीय क्षेत्रका बस्ती र बासिन्दा तनावमा छन ।
माप्यमा स्वास्थ्य शिविरको पहिलो दिन २ सय बढी नागरिकले लिए सेवा
बैशाख ६, सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकामा वास्थ्य शिविरको पहिलो दिन २ सय बढी नागरिकले सेवा लिएका...
Discussion about this post