भदाै १, सोलुखुम्बु । नेपाल विद्यार्थी संघ जिल्ला कार्य समितिले सोलुखुम्बुले थामेबासीलाई राहत तथा उद्धार गर्न माग गर्दे प्रेस वक्तव्य जारी गरेको छ । सोलुखुम्बु जिल्लाका कार्य समितिले जिल्लाको खुम्वु–पासाङल्हामु गाउँपालिका वडा नम्बर ५ थामे गाउँमा आएको बाढीका कारण विस्थापित भएकाहरुलाई सहयोग गर्न माग गर्दै प्रेस वक्तव्य जारी गरेको हो ।
अप्ठ्यारो परिस्थितिमा हामी सबै एकजुट भई प्राकृतिक विपत्तिको सामना गर्न अपिल गर्दै, राहत तथा उद्दारका निम्ति नेपाल सरकार लगायत सबै तहका सरकार समक्ष आग्रह गरिएको नेपाल विद्यार्थी संघ सोलुखुम्बुका कार्यवाहाक अध्यक्ष मोहन कृष्ण निरौलाले बताउनु भयाे ।
Discussion about this post