Tuesday, July 21, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

बाढीपछि नाम्चेभन्दा माथिको आवातजावत ठप्प

Radio Everest by Radio Everest
August 17, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

भदौ १, सोलुखुम्बु । बाढीपछि सोलुखुम्बुको नाम्चेभन्दा माथिको आवातजावत ठप्प भएको छ । शुक्रबार थामे खोलामा आएको बाढीले खुम्बु पासाङल्हामु गाउँपालिका–३ फाक्दिङदेखि नाम्चे जाने पर्यटकीय पदमार्ग कटान गर्दा तल्लोक्षेत्रबाट सगरमाथा क्षेत्रबीचको आवातजावत ठप्प बनेको इलाका प्रहरी कार्यालय नाम्चेले जनाएको छ ।

प्रहरी नायब निरीक्षक हेमबहादुर कटवालका अनुसार फाक्दिङदेखि नाम्चेबीचको दुई ठाउँमा १००/१०० मिटरजति पदमार्ग नदीको कटानमा परेको छ । जसका कारण लुक्लाबाट नाम्चे हुँदै थामे आवातजावत अवरुद्ध भएको छ । सगरमाथा पदमार्गमा पर्ने एकमात्र पदमार्ग भोटेकोसीले कटान गर्दा पदमार्ग अवरुद्ध भएको उनले बताए । थामे खोला हुँदै आएको लेदोसहितको बाढी भोटेकोसी हुँदै दूधकोसी नदीमा मिसिएको छ । बाढीले खुम्बुको स्थानीय जलविद्युत् आयोजनाको ड्याम बगाउँदा सो क्षेत्रमा सञ्चार सेवासमेत ठप्प बनेको स्थानीय ल्हाक्पा नुरु शेर्पाले बताए ।

बाढीले खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामेका २० घर तथा होटल लज, एक स्वास्थ्यचौकी र विद्यालय बगाएको थियो । नेपाली सेना र प्रहरीले थामेबाट ९३ जनालाई उद्धारगरी आर्मीक्याम पछाडिको घरमा राखिएको छ भने ४२ जनालाई स्थानीय सामुदायिक भवनमा राखिएको प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले बताए । बाढीले तल्लो सोलुको तटीय क्षेत्रमा पनि असर गरेपछि माप्यदूधकोसी गाउँपालिका–६ का पाँच घरपरिवारलाई प्रहरीले अन्यत्र स्थानान्तरण गरेको छ ।

उक्त बाढी भोटेकोसी हुँदै दूधकोसीमा मिसिँदा सोलुखुम्बुको तल्लो क्षेत्रमा पर्ने माप्य–खुम्बु मितेरी पक्की पुलमा क्षति पुगेको छ । बाढीले कोशी आसपासका क्षेत्र कटान गर्दा जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका र माप्यदूधकोसी गाउँपालिका जोड्ने दूधकोसी नदी माथिको पाकी मोटरेबल पुलमा सवारी सञ्चालन गर्न नमिल्नेगरी क्षति पुगेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । पुलमा क्षति पुगेसँगै सल्लेरीबाट खुम्बु सञ्चालन हुँदै आएको सिधा सडक सञ्जालसमेत टुटेको बताइएको छ ।

यसैबीच रक्षामन्त्री मानवीर राईसहितको टोली नेपाली सेनाको हेलिकप्टरबाट पहिरोग्रस्त थामे गाउँ पुगेको छ । शुक्रबार दिउँसो थामेखोलामा आएको बाढीले बगाएको थामे गाउँको स्थलगत निरीक्षणका लागि काठमाडौँबाट रक्षामन्त्री राईसहित विपद् व्यवस्थापन समितिको टोली थामे पुगेको हो । निरीक्षण टोलीमा सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी, प्रहरी नायब उपरीक्षक, नेपाली सेनाका कर्णेल, जिल्लाका सांसदलगायत रहेका छन् ।

Previous Post

बाढी प्रभावित थामे गाउँमा राहत वितरण हुँदै, रक्षामन्त्री सहितको टोली पुग्यो

Next Post

भोजपुरका किसान व्यावसायिक लोठसल्ला खेतीमा आकर्षित

Related Posts

सोलुमा जबरजस्ती करणी उद्योगमा युवक पक्राउ

सोलुमा जबरजस्ती करणी उद्योगमा युवक पक्राउ

July 21, 2026
0
चालु आर्थिक वर्षको २ महिनामा २४ सय बढी पर्यटकले गरे सगरमाथा भ्रमण

जलवायु संकटबीच सगरमाथा रा.नि क्षेत्रमा पूर्वसूचना प्रणाली, संरक्षणमा योगदान गर्ने सम्मानित

July 20, 2026
0
नेचासल्यानमा महोत्सव हुँदै, १.५ लाख दर्शक भित्र्याउने लक्ष्य

पशुको कृतिम गर्भधान कार्यक्रम चलाउँदै नेचासल्यान, लाभ लिन किसानलाई आह्वान

July 20, 2026
0
चरिचरण हुने बाँझो डाँडाबाट गाउँपालिकाले फलायो साढे तीन टन आलु

चरिचरण हुने बाँझो डाँडाबाट गाउँपालिकाले फलायो साढे तीन टन आलु

July 19, 2026
0
Next Post
भोजपुरका किसान व्यावसायिक लोठसल्ला खेतीमा आकर्षित

भोजपुरका किसान व्यावसायिक लोठसल्ला खेतीमा आकर्षित

Discussion about this post

Everest Highlights

सोलुमा जबरजस्ती करणी उद्योगमा युवक पक्राउ

सोलुमा जबरजस्ती करणी उद्योगमा युवक पक्राउ

July 21, 2026
चालु आर्थिक वर्षको २ महिनामा २४ सय बढी पर्यटकले गरे सगरमाथा भ्रमण

जलवायु संकटबीच सगरमाथा रा.नि क्षेत्रमा पूर्वसूचना प्रणाली, संरक्षणमा योगदान गर्ने सम्मानित

July 20, 2026
नेचासल्यानमा महोत्सव हुँदै, १.५ लाख दर्शक भित्र्याउने लक्ष्य

पशुको कृतिम गर्भधान कार्यक्रम चलाउँदै नेचासल्यान, लाभ लिन किसानलाई आह्वान

July 20, 2026
चरिचरण हुने बाँझो डाँडाबाट गाउँपालिकाले फलायो साढे तीन टन आलु

चरिचरण हुने बाँझो डाँडाबाट गाउँपालिकाले फलायो साढे तीन टन आलु

July 19, 2026
कार्य सम्पादन मूल्यांकनमा  काेशी प्रदेश कै पहिलाे सोलुदुधकुण्ड नगरपालिका

ठुलाे वर्षात हुने भन्दै अनावश्यक यात्रा नगर्न सोलुदुधकुण्डको आग्रह, पर्यटकलाई उच्च सतर्कता अपनाउन खुम्बुको अपिल

July 19, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुमा जबरजस्ती करणी उद्योगमा युवक पक्राउ

सोलुमा जबरजस्ती करणी उद्योगमा युवक पक्राउ

July 21, 2026
चालु आर्थिक वर्षको २ महिनामा २४ सय बढी पर्यटकले गरे सगरमाथा भ्रमण

जलवायु संकटबीच सगरमाथा रा.नि क्षेत्रमा पूर्वसूचना प्रणाली, संरक्षणमा योगदान गर्ने सम्मानित

July 20, 2026
नेचासल्यानमा महोत्सव हुँदै, १.५ लाख दर्शक भित्र्याउने लक्ष्य

पशुको कृतिम गर्भधान कार्यक्रम चलाउँदै नेचासल्यान, लाभ लिन किसानलाई आह्वान

July 20, 2026
No Result
View All Result

July 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
« Jun    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly