भदौ १, सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङह्लामु गाउँपालिका–५ मा पर्ने थामे खोलामा शुक्रबार चलेको बाढीमा हिमपोखरी नै फुटेको पाइएको छ । टासी लाप्चा क्षेत्रमा रहेका प्रमुख ५ मध्ये हिजोको बाढीमा २ वटा हिमपोखरी फुटेको थुलुङ दूधकोशी गाउँपालिका–७ का वडाध्यक्ष भोजराज कार्कीले जानकारी दिएका हुन् ।
रक्षामन्त्री मानवीर राईसहित खुम्बु क्षेत्रको थामे पुगेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणले पनि हेलिकोप्टरबाट खिचिएको जलाधार क्षेत्रको केही फोटो उपलब्ध गराएको छ । सो फोटोमा बाढीले २ वटा हिमपोखरी सोहरेको र अन्य २ हिमपोखरी उच्च जोखिममा रहेको देखिएको छ ।
हिमपोखरीको जलसतहको घेरा र बाढी आएपछि घटेको पानीको सतह स्पष्ट देखिन्छ । सो बाढी हिमपोखरी फुटेर मात्रै आयो या त्यो भन्दा माथिल्लो क्याचमेन्ट एरिया (जलाधार क्षेत्र) बाटै बाढी शुरू भयो एकीन जानकारी सरकारी अधिकारीहरूले हालसम्म दिएका छैनन् ।
Discussion about this post