भदौ १०, सोलुखुम्बु । त्रिभुवन विश्वविद्यालयको समाजशास्त्र विभागको विभागीय प्रमुखमा सह–प्राध्यापक डाक्टर पासाङ शेर्पा नियुक्त भएका छन् । त्रिवि कार्यकारी परिषद्को आइतबार बसेको बैठकले शेर्पालाई आगामी चार वर्षका लागि विभागीय प्रमुखमा नियुक्त गरेको त्रिविले जनाएको छ ।
यसअघि मानविकी तथा सामाजिक शास्त्र संकायले पहिलो नम्बरमा टिकाराम गौतमलाई राखेर सिफारिस गरेको थियो । गौतमलाई पहिलो नम्बरमा राखेर प्रमुख नियुक्तिका लागि सिफारिस भएपछि निकै विवादमा तानिएको थियो ।
गौतमलाई विभागीय प्रमुख बनाउन विद्यार्थी नेताहरूबाट सुरक्षा थ्रेट आएको भन्दै सुरक्षा व्यवस्था माग गरेका थिए । विभागीय प्रमुख डा. युवराज लुइँटेलको चार वर्षे कार्यकाल साउन ३२ गते सकिएको थियो ।
Discussion about this post