भदौ १०, सोलुखुम्बु । हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर ३ च्यास्मीटारको बाङमामा निर्मित रिजार्च पोखरीमा डुबेर एकै परिवारका २ बालबालिकाको ज्यान गएको छ । घर नजिकै रहेको रिजार्च पोखरीमा डुबेर उनिहको ज्यान गएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
च्यास्मीटारका गइन्द्र राईका ६ वर्षिय छोरा सँगम राई र ३ वर्षिय समृद्धि राईको पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । घरमा रहेका बालबालिका खेल्दै जाने क्रममा बिसिआरएल संस्थाले खनाएको रिचार्ज पोखरीमा साँझ ५ बजेर ४५ मिनेटमा डुबेको हुन सक्ने प्रहरीको अनुमान छ ।
एकै परिवारका २ सन्तानको पोखरीमा डुबेर ज्यान गएपछि अहिले परिवार भाबविह्वलरहेको च्यास्मीटारका वडा अध्यक्ष भुपाल सिंह राईले जानकारी दिनुभयो । बुबा गइन्द्र वैदेशिक रोजगारीको लागी विदेशमा छन भने उनीहरू आमा ममिता राईसँग घरमा बस्दै आए का थिए ।
घटनाको विषयमा थप अनुसन्धानका लागी जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्काको टोली घटना स्थल तर्फ जाँदै गरेको अध्यक्ष राईले बताउनुभयो । आगलागी नियन्त्रण तथा सिँचाइका लागी भनेर खनिएको रिचार्ज पोखरी खुल्लै छाड्दा दुर्घटना भएको स्थानीयको भनाई छ ।
Discussion about this post