भदौ २०, सोलुखुम्बु । खोटाङको ऐसेलुखर्क गाउँपालिका वडा नम्बर ४ जलेश्वरी स्थित माझागाउँ पहिरोको उच्च जोखिममा परेको छ । विगत केही वर्ष अघि झरेको ठुलो पहिरो वर्षाका कारण पुनः खस्दा जलेश्वरी माझगाउँका ४ घर परिवार उच्च जोखिममा परेको हुन् ।
भीर पाखोमा लेदो सहितको पहिरोको झर्दा बस्ती मात्र नभएर स्थानीय जनकल्याण आधारभुत विद्यालय जोखिममा परेको स्थानीय सुजन राईले जानकारी दिनुभयो । झन्डै चार सय मिटर फैलिएको पहिरो करिब सात सय मिटर तल मेकु खोलामा थुप्रिएको छ । पहिरोका कारण रुद्रबहादुर राई, अधिराज राई, धनकुमार राई, ललितकुमार राई र चन्द्रबहादुर राईको घर पहिरोको उच्च जोखिममा परेको जनाइएको छ ।
विद्यालयको खेलमैदान नजिकसम्म पहिरो गएपछि विद्यार्थी समेत विद्यालय जान त्रासमा रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनकुमार राईले जानकारी दिनुभयो । विद्यार्थी पहिरोमा खस्ने त्रासले पहिरोको डिलमा घोराबारा हालिएकोमा घेराबार समेत लेदो सहितको पहिरोले बगाएको उहाँको भनाई छ ।
Discussion about this post