मंसिर १६, सोलुखुम्बु । बौद्धनाथ क्षेत्र विकास समिति सदस्य एंवम सोलु दुधकुण्ड नगरपालिका वडा ८ निवासी रग्बा शेर्पाले ६ जना बिध्यार्थीलाई निशुल्क छात्रवृत्ति प्रदान गर्दै आउनुभएको छ ।
शेर्पाको पहलामा काठमाडौँका विभिन्न कलेजमा अध्ययन गरिरहेका ११ र १२ कक्षाका विद्यार्थीहरुलाई नि ः शुल्क छात्रवृत्ति प्रदान गर्दै आउनुभएको हो । आर्थिक अवस्था कमजोर तथा जेहेन्दार विद्यार्थीहरुको उज्ज्वल भविष्यको कामना गर्दै छात्रावृत्ति प्रदान गर्दै आउनुभएको जनाइएको छ ।
जोसेफ कलेजमा अध्ययनरत खुम्बु पासाङल्हामु गाउँपालिका वडा नम्बर २ का सोनाम शेर्पा, जोसेफ कलेजमा अध्ययनरत सोलु दुधकुंड नगरपालिका वडा नम्बर ११ तिङ्लाका सोफिया मगर र केरुङका ऐयू सिटी कलेजमा अध्ययनरत ओशिका खड्कालाई छात्रवृत्ति प्रदान गर्दै आउनुभएको छ ।
यस्तै थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर २ का अरुणिमा कलेजमा अध्ययनरत सन्देप तामाङ, सोलुदुधकुण्ड नगरपालिका ८ केरुङका जोसेफ कलेजमा अध्ययनरत छात्रा उर्मिला श्रेष्ठ र सोताङ गाउँपालिकाका अरुणिमा कलेजका आशिष राईलाई नि : शुल्क छात्रावृत्ति मार्फत पढाइरहेका छन् ।
Discussion about this post