सोलुखुम्बु, २२ कात्तिक। सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–३, लोदिङ सैबुकस्थित पाँचकन्या ठकुमाला देवी मन्दिरमा आगामी मंसिर ३ र ४ गते धार्मिक मेला आयोजना हुने भएको छ।
मेलामा धामीझाँक्री, श्रद्धालु भक्तजन तथा सर्वसाधारणलाई सहभागी भई देवीको दर्शन तथा पूजाआजा गर्न मेला व्यवस्थापन समितिले हार्दिक निमन्त्रणा गरेको छ।
धार्मिक आस्था, परम्परा तथा संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना हुन लागेको मेलामा उपस्थित भई देवीको दर्शन गरेर पुण्य लाभ लिन समितिले सबैमा आग्रह गरेको छ।
मेला व्यवस्थापन समितिका अध्यक्ष ङवाङ शेर्पाका अनुसार मेलालाई व्यवस्थित र भव्य रूपमा सम्पन्न गर्न आवश्यक तयारी भइरहेको छ।
मेलाको थप जानकारीका लागि अध्यक्ष ङवाङ शेर्पालाई ९७४६९९६७३२ नम्बरमा सम्पर्क गर्न सकिनेछ।
मेला व्यवस्थापन समिति
-
अध्यक्ष : ङवाङ शेर्पा
-
सचिव : लाक्पा ग्याल्जेन शेर्पा
-
कोषाध्यक्ष : फुर्वा शेर्पा
साथै, मन्दिर व्यवस्थापन परिवारले पनि सम्पूर्ण श्रद्धालु भक्तजनलाई मेलामा उपस्थितिका लागि अनुरोध गरेको छ।










Discussion about this post